२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेकोभिड—१९ विरुद्ध सरकारले गरेका सकारात्मक काम देखिएन, आलोचना मात्रै भयो : पूर्व स्वास्थ्यमन्त्री अधिकारी (भिडियो)

कोभिड—१९ विरुद्ध सरकारले गरेका सकारात्मक काम देखिएन, आलोचना मात्रै भयो : पूर्व स्वास्थ्यमन्त्री अधिकारी (भिडियो)


काठमाडौं—सरकारले कोभिड—१९ विरुद्ध सुरुदेखि नै गर्नुपर्ने आधारभूत कार्यहरु गर्दै आएको पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताएका छन् । हेल्थ आवाजसँग कुरा गर्दै उनले सरकारले गरेको राम्रा कामको आलोचना मात्रै भएको दावी गरे ।

‘विश्व नै आपतमा परेको बेलामा सरकारले औषधि, स्वास्थ्य सामाग्री जनशक्ति खटाउने, समयमै लकडाउन गर्नेदेखि विद्यार्थीको परीक्षासम्म रोक्यो । नत्र जनस्तरसम्म कोरोना फैलने थियो । यस्तो विश्व नै समस्यामा परेको बेलामा सरकारका यी कार्यलाई देखिएन,’ उनले भने ।

अधिकारीले पिसिआर परीक्षणमा पनि सरकारले खर्च गरिरहेको बताए । उनले पिसिआर परीक्षण सरकारले बाहिरबाट आउने मानिस, स्वास्थ्यकर्मी र इमर्जेन्सीका बिरामीहरुको पिसिआर गरिरहेको बताए । ‘पिसिआरको दायरा पनि बढाइएको छ । यसको साथै अन्य तयारीमा पनि सरकार लागिरहेका छ’ ,उनले थपे, ‘सकारात्मक कार्यलाई प्रोत्साहन नगर्दा बिरामीको उपचारमा ड़ाइपर लगाएर दिशा, पिसाब रोकेर घन्टौ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि समेत अन्याय हुन्छ । उनीहरु पनि सरकार नै हुन् ।’

यसको साथै उनले हाल अस्पतालमा भेन्टिलेटरहरुको व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा अस्पताल थप्ने, ’कन्ट्याक ट्रेसिङ’ जस्ता चुनौतीहरु देखिएको बताए। यी कुराहरुमा सरकार संचेत रहेको र तयारीमा सरकार लाग्ने उनले अभिव्यक्ति दिए। स्वास्थ्य मन्त्रालयले गरेको कामको आलोचना गर्नु भन्दा सकारात्मक कार्यलाई प्रोत्सहान दिएर मनोबल बढाउँनु पर्ने उनले बताए।

हेर्नुहोस् भिडियोमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग गरिएको कुराकानीः




क्याटेगोरी : भिडियाे, समाचार
ट्याग : #पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, #भिडियो रिपोर्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ