२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ ?

भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ ?


काठमाडौं—गर्भकालीन डाइबटिज हरेक गर्भवती महिलालाई हुन्छ भन्ने होइन् । यो त्यस्ता गर्भवती महिलाहरुलाई हुन्छ जो पहिलेदेखि बढी तौलको हुनुहुन्छ ।

बढी तौल छ र उहाँहरुको परिवारमा पहिलेदेखि टाइप टु डाइबटिज भइसकेको छ भने यो डाइबटिज हुने सम्भावना धेरै हुन्छ । बंशाणुगत रुपमा डाइबटिज छ र त्यसमाथि गर्भावस्थामा पनि धेरै तौल बढ्न थाल्यो, एक्ससाइज र हिडडुल गरिएन भने यसको सम्भावना रहन्छ ।

हाम्रो समाजमा गर्भवती महिलाले आराम गर्नुपर्छ भन्ने छ । तर, अलिकति एक्टीभ हुनुपर्छ । खानामा पनि दुई जनाको खाना भन्दैं बढी खानु हुँदैन् ।

यदि यो सबै नियन्त्रण ग¥यौं भने पछि गर्भकालीन डाइबटिज रोकथाम गर्न सकिन्छ । तर, कुनै केसहरुमा गर्भकालीन डाइबटिज भइहाल्छ । त्यस्तो बेलामा हामीले उपचार गर्ने भनेको डाइट, एक्ससाइज र इन्सुलीनको माध्यमबाट हो ।

गर्भावस्थामा हामीले औषधी धेरै चलाउन मिल्दैन् । किनभने, यसले बच्चा र आमालाई गाह्रो बनाउन सक्छ ।

र, गर्भकालीन डाइबटिजको एउटा राम्रो कुरा के हो भने प्रेग्नेन्सी सकेर बच्चा जन्म भएपछि ९० प्रतिशतमा यो निको भएर जान्छ । १० प्रतिशतमा मात्र यो लामो समयको डाइबटिज हुन्छ ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ