२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगयी दुई आसनले घटाउँछ मोटोपना

यी दुई आसनले घटाउँछ मोटोपना


आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बसिरहँदा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुटकारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आसन गर्नुहोस् जसले तपाईँको शरीरको सही आकार बनाउन मद्दत गर्छ।

पुतली आसन

पुतली आसन निकै सरल हुन्छ। यो आसनले शरीरलाई सही आकार दिने गर्छ। यस आसनलाई नियमित अभ्यासबाट तपाईँको शरीर तनावमुक्त पनि रहन्छ। यो आसन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस्। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोड्नुहोस्। ध्यान राख्नुहोस् तपाईँको दुवै खुट्टाको पैतालाले एकापसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास बिस्तारै छोड्दै आफ्नो घुँडा र जाँघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पङ्खा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस्। र बिस्तारै आफ्नो गति बढाउनुहोस्।

अर्ध चक्र आसन

यस आसन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जस कारण पेटको बोसो कम हुन गई कम्मर सही आकारमा बद्लिन्छ । यसबाहेक यस आसनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धी विभिन्न समस्याहरू स्वतः कम हुन थाल्छन् ।

यो आसन गर्न सर्वप्रथम सिधा उभिने, आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने, आफ्नो ढाडलाई अझ बढी पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने, ३ देखि ५ मिनेटसम्म यही प्रक्रिया दोहोर्‍याउनुपर्छ ।

नोटः यदि तपाईँ कुनै गम्भीर रोगको कारणले यस्तो समस्याको सामना गर्दै हुनुहुन्छ भने, यस्तो अवस्थामा तपाईँको स्वास्थ्य विशेषज्ञको मद्दत लिनुहोस् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ