गृहपृष्ठ ∕ विश्व ∕ चीनमा पुनः लकडाउन घोषणा चीनमा पुनः लकडाउन घोषणा हेल्थ आवाज सोमबार, २०७७ असार १५ गते, २१:०१ मा प्रकाशित तस्विरः अलजजीरा चीनले पुनः केहि स्थान विशेषका लागि लकडाउनको घोषणा गरेको छ । हेबेई प्रदेश संगैको शहरमा संक्रमणका केहि केशहरु देखा परेकाले चीन सरकारले सो स्थानमा पुनः कडाउनको घोषणा गरेको हो । गत वर्षको अन्त्यतिर कोरोना भाइरसको पहिलो केश देखा परेलगत्तै हालसम्म यो देश संक्रमणको संख्या नियन्त्रण गर्न सफल हुदै आएको छ । देश महामारीको दोस्रो वेभ(चरण) मा नपुगोस् भन्नका निमित्त यहाँका सरकारले साना–साना केशहरुलाई पनि गम्भीर रुपमा लिने गरेको छ । के हुदैछ हेबेईमा? आइतबार अधिकारीहरुले जनाए अनुसार, एन्छिङ शहर पुर्ण रुपमा नियन्त्रित रहेको छ । हाल त्यहाँ अत्यावश्यक कामबाहेक अन्य समयमा व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यस्तै स्थानिय बाहेक अन्यलाई संक्रमित एरियामा पस्न दिइएको छैन भने जबरजस्ती पस्न तथा पसाउन खोज्नेलाई पुलिसले कारवाहिको व्यवस्था गरेको छ । एन्छिङ, बेइजिङको दक्षिणी भुभागको १ सय ५० किलोमिटर अवस्थित शहर हो । चिनिया मिडियाका अनुसार, दुई हप्ताको अवधिमा बेइजिङमा १८ नयाँ केशहरु दर्ता भएका छन् । अन्य ठुला शहरहरुमा जस्तै यहाँ घनाबस्ती नभएका कारण यहाँ देखिएको संक्रमणको संख्या रोक्न सकिनेमा विशेषज्ञहरु विश्वस्त देखिएका छन् । यस्तो छ बेइजिङको अवस्था चीन सरकार तथा यहाँको विज्ञको पहलमा नियन्त्रणमा आएको कोरोना संक्रमण अवस्था अन्य देशका निम्ति चासो एवम् ईष्याको विषय बनेको छ । यद्यपि बेइजिङमा भर्खरै मात्र देखिएको नयाँ स्पाइक केशहरुले भने देश दोस्रो वेभमा प्रवेश गर्ने हो कि भन्ने त्रासमा विज्ञहरु रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ नयाँ १४ केशहरु देखिएका छन् । जुन महिनामा त्यहाँ कुल ३ सय ११ कोरोनाका केशहरु दर्ता भएका छन् । कोरोना भाइरसको पहिलो केश देखापरेको चीनमा सरकार तथा त्यहाँका स्थानियको समन्वय कारण संक्रमणले उग्र रुपमा लिन पाएको विज्ञहरु बताउँछन् । एजेन्सी । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ५ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ६ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल ७ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त