२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वएयरलाइन्सकी परिचारिकाको दाँत भाँच्ने महिलालाई १५ महिना जेल, ३ वर्ष उडानमा रोक

एयरलाइन्सकी परिचारिकाको दाँत भाँच्ने महिलालाई १५ महिना जेल, ३ वर्ष उडानमा रोक


साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई १५ महिनाको जेल सजाय सुनाइएको छ। भिभियाना क्विनोनेजले उडिरहेको विमानमा परिचारिकालाई रिसको झोकमा हानेर दाँत भाच्दिएकी महिलालाई उक्त सजाय सुनाइएको हो ।

सान डिएगोका सङ्घीय न्यायाधीशले  उनलाई १५ महिनाको सजाय, २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना र  व्यावसायिक विमानमा ३ वर्षको लागि उडानमा रोक लगाउन समेत  आदेश दिएको छ।

गत वर्ष मार्च २३ मा साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिकालाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन्।

उडानको अन्तिम चरणमा ती परिचारिकाले फ्लाइट अटेन्डेन्टले क्विनोनेजलाई आफ्नो सिट बेल्ट बाँध्न, ट्रे टेबल राख्न र फेसमास्क राम्रोसँग लगाउन भनेकी थिइन्। तर, उनले आग्रह नमानी आफ्नो फोन ती परिचारिकको फिल्म बनाउन प्रयोग गरिन्। र उनलाई धकेलेर मुक्का प्रहार गरिन्। उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन्। यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन्। घटनालाई एक यात्रुले आफ्नो मोबाइलमा कैद गरेका थिए। अहिले सो भिडियो भाइरल पनि भैरहेको छ।

महिलाको आक्रमणमा विमान परिचरिकाले तीनवटा दाँत गुमाएकी थिइन्  । बायाँ आँखाको मुनि काटिएको थियो, जसमा टाँका लगाइएको छ। घटनाका सम्बन्धमा अमेरिकी अधिवक्ता र्यान्डी ग्रासम्यानले यात्रुको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कार्य गर्ने उडानका चालक दलका सदस्यहरूमाथि हुने आक्रमणलाई सह्य नहुने बताए।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ