२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वभारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि

भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि


 भारतमा ४ दिनदेखि लगातार ४ हजार जनामा कोभिड-१९ पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९ देशमा ४ हजार ४ सय ८ नयाँ संक्रमित थपिएका छन् ।
यसअघि जुन २ मा देशमा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । जुन ३ मा ३ हजार ९ सय ४५ र जुन ४ मा ४ हजार २ सय ५७ नयाँ केसहरू थिए। देशमा कोभिड पोजेटिभ दर १.०३ प्रतिशत पुगेको छ।
कोभिडको उपचार गराइरहेका २ हजार ७ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हाल यहाँ २४ हजार ३ सय ९७ सक्रिय कोरोना संक्रमित छन् । भारतमा जुन २ मा १०, जुन ३ मा २५ र जुन ४ मा १५ जनाको मृत्यु भएको थियो ।
अघिल्लो दिन ७ कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यहाँ महामारीका कारण हालसम्म ४ करोड ३१ लाख मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये ४.२६ करोड निको भएका छन् भने ५.२४ लाखले ज्यान गुमाएका छन् ।

क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ