गृहपृष्ठ ∕ समाचार ∕ अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? हेल्थ आवाज शुक्रबार, २०७६ फागुन १६ गते, १७:२० मा प्रकाशित काठमाडौं–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लामा न्युरो सर्जरी (नशा रोग शल्यक्रिया) सेवा सुरु हुने भएको छ । न्यूरो सर्जन डा. निलम खड्का प्रतिष्ठान गएसँगै नशा सम्बन्धी शल्यक्रिया सेवा सुरु हुने भएको हो । यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एसोसिएट प्रोफेसर रहेका डा. खड्का आजै (शुक्रबार)बाट कासमा गएसँगै सो सेवा सुरु भएको अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए । नशाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्ष अगाडि नै भित्र्याएको थियो । यस क्षेत्रमा दुर्घटनाका कारण टाउको र नशामा चोटपटक लाग्ने धेरै बिरामी आउने भएतापनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको थियो । जुम्लामा न्युरो सर्जन पुगेसँगै अब टाउको र नशामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको निर्देशक रावलले बताए । कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? हाडजोर्नी तथा नसा रोग जनरल सर्जरी स्त्री तथा प्रसुती रोग मेडिसिन मानसिक रोग वालरोग आँखा रोग दाँत रोग आईसीयु एनआईसीयु रेडियोलोजी एनेस्थेसिया क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं