२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ?

अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ?


काठमाडौं–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लामा न्युरो सर्जरी (नशा रोग शल्यक्रिया) सेवा सुरु हुने भएको छ । न्यूरो सर्जन डा. निलम खड्का प्रतिष्ठान गएसँगै नशा सम्बन्धी शल्यक्रिया सेवा सुरु हुने भएको हो ।

यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एसोसिएट प्रोफेसर रहेका डा. खड्का आजै (शुक्रबार)बाट कासमा गएसँगै सो सेवा सुरु भएको अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए ।

नशाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्ष अगाडि नै भित्र्याएको थियो । यस क्षेत्रमा दुर्घटनाका कारण टाउको र नशामा चोटपटक लाग्ने धेरै बिरामी आउने भएतापनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको थियो । जुम्लामा न्युरो सर्जन पुगेसँगै अब टाउको र नशामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको निर्देशक रावलले बताए ।

कुन—कुन सेवा छन् प्रतिष्ठानमा ?

हाडजोर्नी तथा नसा रोग
जनरल सर्जरी
स्त्री तथा प्रसुती रोग
मेडिसिन
मानसिक रोग
वालरोग
आँखा रोग
दाँत रोग
आईसीयु
एनआईसीयु
रेडियोलोजी
एनेस्थेसिया


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ