गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी हेल्थ आवाज बुधबार, २०७६ चैत्र १९ गते, १३:२५ मा प्रकाशित काठमाडौं–चीनबाट खरिद गरिएका अत्यावश्यक स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दैं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट बजारमूल्य भन्दा महंगोमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री किनेको भन्दैं मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको हो । विवेकशील नेपालीका तर्फबाट प्रदेशसभा सदस्य रमेश पौडेलले उक्त स्वास्थ्य सामाग्री खरिदमा अनियमिता गरेको भन्दै अख्तियारको वेवसाइटमार्फत उजुरी हालेका हुन । उजुरीमा खरिद गरिएको ¥यापिड टेष्टिङ किट डब्लुएचओका मापदण्डअनुसार नभएको र अन्य सामाग्री पनि भर पर्न नसकिने भएको उजुरीमा उल्लेख छ । चीनबाट कोभिड–१९ को रोकथाम तथा उपचारमा अत्यावश्यक सामाग्री खरिद गरेर गत आइतबारमात्रै पहिलो खेप काठमाडौं आइपुगेको थियो । उक्त सामाग्री बढी मूल्यमा किनिएको भन्दैं मन्त्री ढकालमाथि प्रश्न उठ्दैं आएको छ । तर, मन्त्री ढकालले आफूले अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमिता नगरेका भन्दैं सबै प्रक्रिया पुर्याएरै खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ७ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार