२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं–चीनबाट खरिद गरिएका अत्यावश्यक स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दैं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट बजारमूल्य भन्दा महंगोमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री किनेको भन्दैं मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

विवेकशील नेपालीका तर्फबाट प्रदेशसभा सदस्य रमेश पौडेलले उक्त स्वास्थ्य सामाग्री खरिदमा अनियमिता गरेको भन्दै अख्तियारको वेवसाइटमार्फत उजुरी हालेका हुन । उजुरीमा खरिद गरिएको ¥यापिड टेष्टिङ किट डब्लुएचओका मापदण्डअनुसार नभएको र अन्य सामाग्री पनि भर पर्न नसकिने भएको उजुरीमा उल्लेख छ ।

चीनबाट कोभिड–१९ को रोकथाम तथा उपचारमा अत्यावश्यक सामाग्री खरिद गरेर गत आइतबारमात्रै पहिलो खेप काठमाडौं आइपुगेको थियो । उक्त सामाग्री बढी मूल्यमा किनिएको भन्दैं मन्त्री ढकालमाथि प्रश्न उठ्दैं आएको छ । तर, मन्त्री ढकालले आफूले अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमिता नगरेका भन्दैं सबै प्रक्रिया पुर्याएरै खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ