गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, ०९:४८ मा प्रकाशित काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)ले चिकित्सकमाथि हातपात तथा लाठीचार्ज भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एनएमएले उक्त घटनामा संलग्नलाई छानविन गरी कारवाही गर्न समेत माग गरेको छ । ‘कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदैं आएको मानवीय संकटको समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदैं चिकित्सकीय धर्मअनुसार स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवासमा फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गर्नेजस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीको छानविन गरी कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,’ महासचिव बद्री रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । बुधबार साँझ करिब ८ बजेतिर महाराजगन्ज प्रहरी वृत्तको टोलीले लेभल ३ कोभिड अस्पतालको रुपमा तोकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. शम्भु खनाल र डा. तेजप्रकाश साह र कान्ति बाल अस्पतालका डा. विकास साहमाथि लकडाउन उल्लंघन गरेको भन्दैं लाठी चार्ज गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने