२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग

चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग


काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)ले चिकित्सकमाथि हातपात तथा लाठीचार्ज भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एनएमएले उक्त घटनामा संलग्नलाई छानविन गरी कारवाही गर्न समेत माग गरेको छ ।

‘कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदैं आएको मानवीय संकटको समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदैं चिकित्सकीय धर्मअनुसार स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवासमा फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गर्नेजस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीको छानविन गरी कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,’ महासचिव बद्री रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

बुधबार साँझ करिब ८ बजेतिर महाराजगन्ज प्रहरी वृत्तको टोलीले लेभल ३ कोभिड अस्पतालको रुपमा तोकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. शम्भु खनाल र डा. तेजप्रकाश साह र कान्ति बाल अस्पतालका डा. विकास साहमाथि लकडाउन उल्लंघन गरेको भन्दैं लाठी चार्ज गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ