गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगुमा गर्भवती महिलाको उद्धार मुगुमा गर्भवती महिलाको उद्धार चन्द्रा कँडेल शनिबार, २०७७ वैशाख ६ गते, २१:१० मा प्रकाशित सुर्खेत – मुगुमा एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि नेपाल सरकारद्धारा ती गर्भवतीको उद्धार गरी प्रदेश राजधानी सुर्खेत ल्याइएको हो । शुक्रबार सोरु गाँउपालिका वडा नम्बर १ घर भएकी २० बर्ष की ममता लावडलाई सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल मुगुमा ल्याएको थियो । आमाको रगत परिक्षण गर्दा हेपटाईटिस ‘बी’ देखिको र अप्रेशन गर्न समस्या हुने भन्दै हेलीकप्टरमार्फत उद्दार गरी सुर्खेतको प्रदेश अस्तालमा लगीएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । पहिलो सन्तान त्यसमा पनि आमालाई हेपटाईटिरस ‘बी’ देखिएको र सुत्केरी हुने समय १४ दिन कटेकाले अपे्रसन गर्न उच्च जोखिम भएको भन्दै उनलाई अन्यत्त्र लैजान स्वास्थ्य कर्मीले सुजाव दिएका थिए । बच्चा जन्मेपछि यदि बच्चामा पनि हेटाइटिस पोजटिप देखिएमा लगाउने हेपटाईटिस ‘बी’ र एमिनोग्लोविन भ्याक्सिन जिल्ला अस्पतालमा नभएकाले गर्भवती महिलालाई सुर्खेत पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए । महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्दार गर्दै आएको छ । मुगु जिल्लामा पनि यो सेवाबाट दर्जन बढी महिला लाभान्नित भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना वीर अस्पतालमा दुई जनामा निःशुल्क गरियो ‘कोक्लियर इम्प्लान्ट’ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना वीर अस्पतालमा दुई जनामा निःशुल्क गरियो ‘कोक्लियर इम्प्लान्ट’