२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा गर्भवती महिलाको उद्धार

मुगुमा गर्भवती महिलाको उद्धार


सुर्खेत – मुगुमा एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि नेपाल सरकारद्धारा ती गर्भवतीको उद्धार गरी प्रदेश राजधानी सुर्खेत ल्याइएको हो ।

शुक्रबार सोरु गाँउपालिका वडा नम्बर १ घर भएकी २० बर्ष की ममता लावडलाई सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल मुगुमा ल्याएको थियो । आमाको रगत परिक्षण गर्दा हेपटाईटिस ‘बी’ देखिको र अप्रेशन गर्न समस्या हुने भन्दै हेलीकप्टरमार्फत उद्दार गरी सुर्खेतको प्रदेश अस्तालमा लगीएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

पहिलो सन्तान त्यसमा पनि आमालाई हेपटाईटिरस ‘बी’ देखिएको र सुत्केरी हुने समय १४ दिन कटेकाले अपे्रसन गर्न उच्च जोखिम भएको भन्दै उनलाई अन्यत्त्र लैजान स्वास्थ्य कर्मीले सुजाव दिएका थिए । बच्चा जन्मेपछि यदि बच्चामा पनि हेटाइटिस पोजटिप देखिएमा लगाउने हेपटाईटिस ‘बी’ र एमिनोग्लोविन भ्याक्सिन जिल्ला अस्पतालमा नभएकाले गर्भवती महिलालाई सुर्खेत पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्दार गर्दै आएको छ । मुगु जिल्लामा पनि यो सेवाबाट दर्जन बढी महिला लाभान्नित भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ