गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १६:५६ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ’कोभिड-१९’ नियन्त्रणबारे मुस्लिम आयोगका अध्यक्षलगायतका पदाधिकारी र मुस्लिम अगुवासँग छलफल गरेको छ । भारत तथा अन्य देशबाट आएका जमातीमा कोभिड-१९ संक्रमण भेटिन थालेपछि मंगलबार मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी र मुस्लिम अगुवाहरुसँग छलफल गरेको हो । मन्त्रालयले जमातीका हिडेकाहरुको ’कन्ट्रयाक ट्रेसिंग’ सहजीकरण गरिदिन आग्रह समेत गरेको छ । जमातीमा हिडेका र मस्जिदमा रहेका जमातीहरुको पनि कन्ट्रयाक ट्रेसिंग गर्न सहयोग गर्न समेत सरकारले अनुरोध गरेको थियो । मुस्लिम आयोगका अध्यक्ष समिन मियाँ अन्सारीको नेतृत्वमा आएको टोलीले पनि कन्ट्रयाक ट्रेसिंगमा मद्दत गर्ने र सबै मस्जिदमा आफूहरु पनि उपस्थित भएर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ट्रेसिंग गर्दा कसैमा कोभिड १९ को लक्षण देखिएमा तत्काल उनीहरुको स्वाब लिनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारी र जनस्वास्थ्य अधिकारी पनि मुस्लिम आयोगको टोलीसँगै जाने सहमति पनि उक्त छलफमा बनेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड-१९ कुनै धर्म, जातिबीच विशेषमा नहुने र सबैका लागि चुनौती भएकोले आ-आफ्नो क्षेत्रबाट यसको रोकथामका लागि पहल गर्नेसमेत छलफल भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ योग के हो ? यसका प्रकार र फाइदा संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ योग के हो ? यसका प्रकार र फाइदा संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा