गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १६:५६ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ’कोभिड-१९’ नियन्त्रणबारे मुस्लिम आयोगका अध्यक्षलगायतका पदाधिकारी र मुस्लिम अगुवासँग छलफल गरेको छ । भारत तथा अन्य देशबाट आएका जमातीमा कोभिड-१९ संक्रमण भेटिन थालेपछि मंगलबार मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी र मुस्लिम अगुवाहरुसँग छलफल गरेको हो । मन्त्रालयले जमातीका हिडेकाहरुको ’कन्ट्रयाक ट्रेसिंग’ सहजीकरण गरिदिन आग्रह समेत गरेको छ । जमातीमा हिडेका र मस्जिदमा रहेका जमातीहरुको पनि कन्ट्रयाक ट्रेसिंग गर्न सहयोग गर्न समेत सरकारले अनुरोध गरेको थियो । मुस्लिम आयोगका अध्यक्ष समिन मियाँ अन्सारीको नेतृत्वमा आएको टोलीले पनि कन्ट्रयाक ट्रेसिंगमा मद्दत गर्ने र सबै मस्जिदमा आफूहरु पनि उपस्थित भएर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ट्रेसिंग गर्दा कसैमा कोभिड १९ को लक्षण देखिएमा तत्काल उनीहरुको स्वाब लिनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारी र जनस्वास्थ्य अधिकारी पनि मुस्लिम आयोगको टोलीसँगै जाने सहमति पनि उक्त छलफमा बनेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड-१९ कुनै धर्म, जातिबीच विशेषमा नहुने र सबैका लागि चुनौती भएकोले आ-आफ्नो क्षेत्रबाट यसको रोकथामका लागि पहल गर्नेसमेत छलफल भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन