गृहपृष्ठ ∕ समाचार ∕ कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १४:२७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—कान्ति बाल अस्पताल र वीर अस्पतालका २१ भेन्टिलेटर बिग्रिएर थन्किएका छन् । बिग्रिएका भेन्टिलेटर हालसम्म पनि बनेका छैनन् । कोभिड—१९ संक्रमितका लागि आवश्यक भेन्टिलेटर कम रहेको अवस्थामा मुख्य सरकारी अस्पतालमा २१ वटा एम्बुलेन्स बिग्रिएर थन्किएको पाइएको छ । कान्ति बाल अस्पतालमा १३ र वीरमा ८ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । कान्ति र वीर अस्पतालमा २६/२६ भेन्टिलेटर छन् । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार हाल १३ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । ती भेन्टिलेटरको मर्मतका लागि २० देखि २५ लाख रुपैयाँ पैसा लाग्नेछ । निर्देशक पौडेलले महावीर पुनको टोलीले बिग्रिएका भेन्टिलेटर बनाउने कुरा चलेको बताए । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले १० वटा बिग्रेको मध्ये २ वटा बनाइसकेको उल्लेख गर्दै ८ वटा अझै बन्न नसकेको बताए । त्यस्तै, शिक्षण अस्पताल महाराजगञ्जमा बिग्रिएका ६ भेन्टिलेटर र राष्ट्रिय ट्रमा सेन्टरका ७ वटा हालै मर्मत भएका छन् । हाल टिचिङमा २० वटा संचालनमा छन । ट्रमा सेन्टरमा १७ वटा संचालनमा छन् । वीर अस्पतालले पनि बिग्रिएका भेन्टिलेटर बनाउने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर ५ सय ३९ वटा भेन्टिलेटर संचालनमा रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त