२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए

कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए


काठमाडौं—कान्ति बाल अस्पताल र वीर अस्पतालका २१ भेन्टिलेटर बिग्रिएर थन्किएका छन् । बिग्रिएका भेन्टिलेटर हालसम्म पनि बनेका छैनन् । कोभिड—१९ संक्रमितका लागि आवश्यक भेन्टिलेटर कम रहेको अवस्थामा मुख्य सरकारी अस्पतालमा २१ वटा एम्बुलेन्स बिग्रिएर थन्किएको पाइएको छ ।

कान्ति बाल अस्पतालमा १३ र वीरमा ८ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । कान्ति र वीर अस्पतालमा २६/२६ भेन्टिलेटर छन् । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार हाल १३ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । ती भेन्टिलेटरको मर्मतका लागि २० देखि २५ लाख रुपैयाँ पैसा लाग्नेछ । निर्देशक पौडेलले महावीर पुनको टोलीले बिग्रिएका भेन्टिलेटर बनाउने कुरा चलेको बताए ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले १० वटा बिग्रेको मध्ये २ वटा बनाइसकेको उल्लेख गर्दै ८ वटा अझै बन्न नसकेको बताए ।

त्यस्तै, शिक्षण अस्पताल महाराजगञ्जमा बिग्रिएका ६ भेन्टिलेटर र राष्ट्रिय ट्रमा सेन्टरका ७ वटा हालै मर्मत भएका छन् । हाल टिचिङमा २० वटा संचालनमा छन । ट्रमा सेन्टरमा १७ वटा संचालनमा छन् । वीर अस्पतालले पनि बिग्रिएका भेन्टिलेटर बनाउने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर ५ सय ३९ वटा भेन्टिलेटर संचालनमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ