२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो

एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो


काठमाडौं—नेपालमा थप ५७ जनामा एकैदिन कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणअनुसार थप ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मंगलबार कपिलवस्तुमा -८ जना, रुपन्देहीमा ९, पर्सामा -३९ जना र बारामा -१ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

नयाँ संक्रमित सबै जना पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले बताए ।

यो अहिलेसम्म नेपालमै देखिएको सबैभन्दा बढी संख्या हो । मंगलबार कोरोना संक्रमण देखिएका अधिकांश  भारतबाट फर्किएकाहरू रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि सोमबार एकैदिन रूपन्देही-६, कपिलवस्तु-१६, बर्दिया-१ र सप्तरीमा १ गरी जम्मा २४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ