काठमाडौं—नेपालमा थप ५७ जनामा एकैदिन कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणअनुसार थप ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मंगलबार कपिलवस्तुमा -८ जना, रुपन्देहीमा ९, पर्सामा -३९ जना र बारामा -१ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
नयाँ संक्रमित सबै जना पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले बताए ।
यो अहिलेसम्म नेपालमै देखिएको सबैभन्दा बढी संख्या हो । मंगलबार कोरोना संक्रमण देखिएका अधिकांश भारतबाट फर्किएकाहरू रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि सोमबार एकैदिन रूपन्देही-६, कपिलवस्तु-१६, बर्दिया-१ र सप्तरीमा १ गरी जम्मा २४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।