गृहपृष्ठ ∕ समाचार ∕ ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, १९:२० मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल कलेजमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीहरुलाई ४८ घण्टाभित्र कारवाही गर्न रेजिडेन्ट चिकित्सकहरुले अल्टिमेटम दिएका छन् । शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले चिकित्सकमाथि हातापात गर्नेहरुमाथि कारवाही हुनुको साटो झन प्रमाण मेटाउने काम भएको भन्दैं त्यसको घोर निन्दा गरेका छन् । मन्त्रिपरिषद्को गत चैत २२ को निर्णयअनुसार ड्युटीमा रहेका चिकित्सकमाथि हातापात गर्ने जो कोहीलाई मुद्धा चलाउने निर्णयको समेत उपहास गरेको आरोप उनीहरुको छ । रेजिडेन्ट चिकित्सकहरुसँग सम्बन्धित संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनका अध्यक्ष डा. अनुप उप्रेती, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल, रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटीकी संस्थापक अध्यक्ष डा. तोषिमा कार्की, रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराईले जारी गरेको उक्त संयुक्त वक्तव्यमा पटक-पटक घटिरहेका यस्ता घटनाले समाजमा गलत नजिर स्थापित गर्ने भन्दैं यस्ता कार्य निरुत्साहित गर्न निशर्त जेल विद आउट वेल लागु गर्न समेत माग गरिएको छ । रेजिडेन्ट चिकित्सकहरुले कोभिड १९ महामारीबीच ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्केको खण्डमा चिकित्सकहरु आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । रेजिडेन्ट चिकित्सकहरुले उक्त घटनाको सिसिटीभी फुटेज मेटाउने कार्यको पनि घोर निन्दा गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज