गृहपृष्ठ ∕ समाचार ∕ ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, १९:२० मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल कलेजमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीहरुलाई ४८ घण्टाभित्र कारवाही गर्न रेजिडेन्ट चिकित्सकहरुले अल्टिमेटम दिएका छन् । शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले चिकित्सकमाथि हातापात गर्नेहरुमाथि कारवाही हुनुको साटो झन प्रमाण मेटाउने काम भएको भन्दैं त्यसको घोर निन्दा गरेका छन् । मन्त्रिपरिषद्को गत चैत २२ को निर्णयअनुसार ड्युटीमा रहेका चिकित्सकमाथि हातापात गर्ने जो कोहीलाई मुद्धा चलाउने निर्णयको समेत उपहास गरेको आरोप उनीहरुको छ । रेजिडेन्ट चिकित्सकहरुसँग सम्बन्धित संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनका अध्यक्ष डा. अनुप उप्रेती, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल, रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटीकी संस्थापक अध्यक्ष डा. तोषिमा कार्की, रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराईले जारी गरेको उक्त संयुक्त वक्तव्यमा पटक-पटक घटिरहेका यस्ता घटनाले समाजमा गलत नजिर स्थापित गर्ने भन्दैं यस्ता कार्य निरुत्साहित गर्न निशर्त जेल विद आउट वेल लागु गर्न समेत माग गरिएको छ । रेजिडेन्ट चिकित्सकहरुले कोभिड १९ महामारीबीच ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्केको खण्डमा चिकित्सकहरु आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । रेजिडेन्ट चिकित्सकहरुले उक्त घटनाको सिसिटीभी फुटेज मेटाउने कार्यको पनि घोर निन्दा गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ?