गृहपृष्ठ ∕ समाचार ∕ स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १९:२६ मा प्रकाशित काठमाडौं—नेपाल सरकारले सेनिटाइजर दर्ता अनुमति दिने समयावधि थप गरेपछि नेपाल औषधी उत्पादक संघले विरोध जनाएको छ । संघको बिहीबार बसेको आकस्मिक बैठकले सरकारले गरेको निर्णय तीन दिनभित्र सच्चाउन चेतावनी समेत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २२ असारमा मन्त्रिस्तरीय निर्णय गरी स्यानिटाइजरहरुको दर्ता अनुमतिका लागि तीन महिना थप गर्ने निर्णय गरेको थियो । संघले उक्त निर्णयमा असहमति जनाउँदैं तत्काल निर्णय फिर्ता लिन औषधी व्यवस्था विभागमार्फत मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । गत ९ चैतमा औषधी व्यवस्था विभागले सूचना प्रकाशित गरी स्यानिटाइजरलाई दर्ताको प्रक्रियामा आउने तीन महिनाको समय दिएको थियो । सो समयमा ४० वटा उद्योगका १ सय २० वटा स्यानिटाइजर दर्ता भएको संघको दावी छ । कोरोना संक्रमणको विशेष परिस्थितीमा स्यानिटाइजरको अत्याधिक प्रयोग भएको, बिना मापदण्ड र बिना गुणस्तर दर्ता नभइ बसेका त्यस्ता स्यानिटाइजर उत्पादकलाई विभागले संरक्षण गरेको आरोप लगाउँदैं औषधी उत्पादक संघले म्याद थपको विरोध गरेको हो । संघले मिथानोल मिसाएको स्यानिटाइजर समेत बिक्री भएको भन्दैं अझ तीन महिना दर्ताका लागि समय दिनुले नेपाल सरकार स्वास्थ्य प्रति संवेदनशील नभएको आरोप लगाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन