गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १७:०० मा प्रकाशित काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) का कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । काठमाडौं—१० शंखमुलका एक ६० वर्षीय पुरुषको २६ असारमा निधन भएको छ । फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण स्वास्थ्यमा समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा १७ असारमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै, २५ असारमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका ५४ वर्षका पुरुषमा पनि कोभिड—१९ पोजेटिभ देखिएको छ । काठमाडौंका गोकर्णेश्वर—४ घर भएका उनी मिर्गौलामा रोगका विरामी थिए । स्वास्थ्य समस्या आएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना गर्दा श्वास प्रश्वासमा पनि समस्या देखिएपछि २१ असार उनको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सिन्धुपाल्चोक पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको २५ असारमा पाटन अस्पतालमा निधन भएको छ । १८ असार क्षयरोगको उपचारका लागि उनी पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना स्वाब परीक्षण गर्दा उनमा २२ असारमा कोरोना पोजेटिभ देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन