गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १७:०० मा प्रकाशित काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) का कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । काठमाडौं—१० शंखमुलका एक ६० वर्षीय पुरुषको २६ असारमा निधन भएको छ । फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण स्वास्थ्यमा समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा १७ असारमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै, २५ असारमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका ५४ वर्षका पुरुषमा पनि कोभिड—१९ पोजेटिभ देखिएको छ । काठमाडौंका गोकर्णेश्वर—४ घर भएका उनी मिर्गौलामा रोगका विरामी थिए । स्वास्थ्य समस्या आएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना गर्दा श्वास प्रश्वासमा पनि समस्या देखिएपछि २१ असार उनको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सिन्धुपाल्चोक पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको २५ असारमा पाटन अस्पतालमा निधन भएको छ । १८ असार क्षयरोगको उपचारका लागि उनी पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना स्वाब परीक्षण गर्दा उनमा २२ असारमा कोरोना पोजेटिभ देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज