गृहपृष्ठ ∕ समाचार ∕ कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ हेल्थ आवाज मंगलबार, २०७७ साउन २० गते, ११:५६ मा प्रकाशित फाइल फोटो एजेन्सी– विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना) विरुद्धको खोप तत्काल पत्ता नलाग्ने डब्लूएचओले जनाएको छ । डब्लूएचओका महानिर्देशक टेडरोज अधानम घ्रिबियससले न्युज ब्रिफिङका क्रममा अहिलेसम्म कुनैपनि कोरोनाको खोप नबनेको र तत्कालै खोप बन्ने सम्भावना नरहेको बताएका हुन् । विश्वभर संक्रमित बढिरहँदा पनि अहिले सम्म कुनै किसिमको कोरोनाको औषधि तथा खोप पत्ता नलागेको टेडरोजले दाबी गरेका छन् । ‘हाललाई यस महामारी अन्त्यका लागि जनस्वास्थ्य तथा रोग नियन्त्रणका आधारभूत कुराहरू नै आउँछन्,’ ब्रिफिङका क्रममा बोल्दै उनले भने ‘आइसोलेशन तथा उपचार, ट्रेसिङ एवम् संक्रमित तथा आंशकित व्यक्तिहरु र उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुु नै हो ।’ महानिर्देशक टेडरोजले संसारभर सामाजिक दूरी कायम राख्दै साबुनपानीले मिचिमिची हात धुन तथा मास्कको अनिवार्य रुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण हालसम्म १ करोड ८२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारभन्दा बढी संक्रमित ज्यान गुमाइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो