२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ

कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ


एजेन्सी– विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना) विरुद्धको खोप तत्काल पत्ता नलाग्ने डब्लूएचओले जनाएको छ । डब्लूएचओका महानिर्देशक टेडरोज अधानम घ्रिबियससले न्युज ब्रिफिङका क्रममा अहिलेसम्म कुनैपनि कोरोनाको खोप नबनेको र तत्कालै खोप बन्ने सम्भावना नरहेको बताएका हुन् ।

विश्वभर संक्रमित बढिरहँदा पनि अहिले सम्म कुनै किसिमको कोरोनाको औषधि तथा खोप पत्ता नलागेको टेडरोजले दाबी गरेका छन् । ‘हाललाई यस महामारी अन्त्यका लागि जनस्वास्थ्य तथा रोग नियन्त्रणका आधारभूत कुराहरू नै आउँछन्,’ ब्रिफिङका क्रममा बोल्दै उनले भने ‘आइसोलेशन तथा उपचार, ट्रेसिङ एवम् संक्रमित तथा आंशकित व्यक्तिहरु र उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुु नै हो ।’

महानिर्देशक टेडरोजले संसारभर सामाजिक दूरी कायम राख्दै साबुनपानीले मिचिमिची हात धुन तथा मास्कको अनिवार्य रुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण हालसम्म १ करोड ८२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारभन्दा बढी संक्रमित ज्यान गुमाइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ