गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द मानदत्त रावल बिहीबार, २०७७ साउन २२ गते, १५:३७ मा प्रकाशित जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका – ८ पाण्डबगुफास्थित कोटघर स्वास्थ्य चौकी शिल गरिएको छ । सोही गाउँपालिका – ३ की एक महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । स्वास्थ्य चौकी प्रमुख पद्मा रावतका अनुसार स्वास्थ्य चौकी र आसपासका सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । लकडाउन खुला भएपछि कनकासुन्दरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि उक्त गाउँपालिकामा कोरोना संक्रमण देखिएको थिएन । हाडसिंजा स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्र उपाध्यायले भने, ‘कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कोटघर स्वास्थ्य चौकीमा उपचार गराएर थप उपचार गराउन कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएकी थिइन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार कोरोना पुष्टि भएपछि ‘कन्टयाक ट्रसिङ’ गर्नका लागि यो विधि अपनाएको हो । यसअघि ६९ जना जुम्लाका कोरोना संक्रमित निको भएर फिर्ता भएपनि पहिलेकै व्यक्तिमा पुन : परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण देखिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ४ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’