२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारप्रकोप वृद्धि हुने आँकलन छ थप चुनौतीहरुको सामना गर्न तयार हुनुपर्छ

प्रकोप वृद्धि हुने आँकलन छ थप चुनौतीहरुको सामना गर्न तयार हुनुपर्छ


स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड—१९ को जोखिम रहेको स्थानमा बसोवास गर्ने व्यक्तिहरुलाई लक्षित गरी परीक्षणको दायरा फराकिलो बनाएको छ । अहिलेको अवस्थामा संक्रमण दर दिन प्रति दिन वृद्धि हुँदै गएको अवस्था छ ।

यसको सक्रमण सेवा प्रदायक डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अन्य कर्मचारी, सवारी चालक तथा सहयोगीहरु लगायत समाजका हरेक तह र तप्कामा विशेष गरी घनावस्तीहरुमा बसोवास गर्ने जनसमुदायहरुमा देखा परेको छ ।

कोरोना पोजिटिभ देखा परेपछि आइसोलेसनमा बस्नुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा भइसक्यो । लक्षण नभएकाहरु सम्भव भएमा घरमै आइसोलेसमा बस्न सकिन्छ र कोभिड पोजिटिभ केसहरु र लक्षण भएकाहरु आइसोलेसन सेन्टर वा कोभिड अस्पतालमा भर्ना भई बस्न सकिन्छ ।

यसरी आइसोलेसमा बस्दा चिकित्सक वा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष/अप्रत्यक्ष सरसल्लाह एवं सम्पर्कमा रही सेवा लिनुपर्ने हुन्छ । यसको संक्रमण वृद्धि भएसँगै समाजमा सामाजिक विभेदका सोच एवं ब्यवहारहरु देखा परेका छन् । त्यो नितान्त पुरातनवादी सोच र अन्धविश्वास हो ।

अझै आउँदो केही दिन यसको प्रकोप थप वृद्धि हुने आँकलन गरिएको छ । जसले गर्दा हामी सबैले थप चुनौतीहरुको सामना गर्नुपर्ने हुनसक्छ । यस्तो बेलामा हामी सबैले आफ्नो जीवनशैली परिवर्तनका लागि सकारात्मक सोच र चिन्तन गरी आ—आफ्नो ठाउँबाट यस रोगको उपचार, नियन्त्रण, रोकथाम व्यवस्थापनमा एकजुट हुन जरुरी छ ।

नेपाल सरकारका सबै अंगहरु यसको नियन्त्रण, उपचार र रोकथामका लागि अहोरात्र खटिएको कुरा यहाँहरु समक्ष अनुरोध गर्दछु । खटिएका व्यक्तिहरु र उहाँहरुको परिवार पनि यस रोगबाट पीडित हुनु भएको अवस्था छ । यस्तो कठिन घडिमा खटिरहनु भएका ब्यक्तिहरु र उहाँहरुको परिवारप्रति समाजले सहानुभूति प्रकट गर्नु हुन अनुरोध गर्दछु । यसको संक्रमण हामीमध्ये जो कोहीलाई पनि हुन सक्छ भनेर सोचौ जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना हामी सबैले गरौं, गराऔं ।

यसको नियन्त्रण एवं रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धानात्मक प्रयासहरुको नेपाल सरकारले निरन्तर अध्ययन गरिरहेको छ । नयाँ—नयाँ उपचार प्रविधिहरु भित्र्याएको छ भने कतिपय भित्र्याउने क्रममा छ । यसको रोकथामको प्रमुख उपायहरु भनेको भ्याक्सिन र जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै हो भन्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहाँहरु समक्ष अवगत गराएकै छ । विश्वका कतिपय देशहरुले परिक्षण गरिरहेका भ्याक्सिनको सफल परिक्षण पश्चात हाम्रो देशका नागरिकहरुले पनि पाउने छौं । हामी सबैले आशा, विश्वास, भरोसा र प्रार्थना गरौं भ्याक्सिनको सफल परिक्षण चाडो सफल होस् । अन्तमाः विनम्रता पूर्वक अनुरोध गर्दछु कि कोरोनाबाट आफू बचौ, आफ्नो परिवारलाई बचाऔं । सामाजिक सदभाव कायम गरौं ।

(डा. गाैतमले मन्त्रालयको नियमित कोभिड ब्रिफिङका क्रममा सुझावका रुपमा व्यक्त गरेको विचार ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ