२०८२ भदौ ३१, मंगलबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाचिकित्साशास्त्रको पिजीका लागि कलेजहरूले कुन विषय पढाउन कति सिट पाए ? (सूचीसहित)

चिकित्साशास्त्रको पिजीका लागि कलेजहरूले कुन विषय पढाउन कति सिट पाए ? (सूचीसहित)


काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आगामी वर्षको चिकित्सातर्फको पोष्ट ग्राजुयट कार्यक्रमका लागि सम्बन्धित मेडिकल कलेजहरुलाई विशेषज्ञता अध्यापनका लागि सिट निर्धारण गरिदिएको छ ।

आयोगले सरकारी प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त कलेजहरुलाई एनेस्थेसियामा ९३, ड्रमाटोलोजी २८, इन्टरनल मेडिसिन १०६, गाइनो ८१, अप्थोमोलोजी ४९, पेडियाट्रिक ७६, साइक्याट्रिक ३२, रेडियोलोजी ४४, बायोकेमेष्ट्री १६, फर्माकोलोजी १९, साइकोलोजी २६, फोरेन्सिक मेडिसिन १४, माइक्रोबायोलोजी ३१, प्याथालोजीमा ६६ सिट छुट्याएको छ ।

यस्तै, जनरल सर्जरीमा १११, अर्थोपेडिक्स ८०, रेडियसन अंकोलोजी १, जनरल प्रयाक्टिस र इमर्जेन्सी मेडिसिन ६३, इएनटी ४३, एमएस्सीःआइटी ६, एनोटोमी २९, कम्युनिटी मेडिसिन २७ सिट आयोगले छुट्याएको छ ।

अर्थोडेन्टिष्ट एण्ड डेन्टोफेसियल १८, ओरल इम्प्लान्टोलोजी १०, प्रोस्टोडेन्टीस्ट १५, ओरल म्याग्जिलोफेसियल सर्जरी ७, कन्जरभेटिभ र इन्डो डोनेटिक १०, प्रिडोडेन्टिस्ट एण्ड प्रिभेनटीभ डेन्ट्रस्टी ६ , ओरल मेडिसिन एण्ड रेडियोलोजीतर्फ १, ओरल प्याथोलोजी ३, कम्युनिटी डेन्टिस्ट २ सिट छुट्याएको छ ।
त्रिवि अन्तर्गतका कलेजलाई क्लिनिकल प्याथोलोजी एमफील ३ र एमएस्सी क्लिनिकल बायोकेमेष्ट्री २ सिट दिइएको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ