२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ मा खटिन स्वास्थ्य मन्त्रालयले माग्यो स्वयंमसेवक स्वास्थ्यकर्मी

कोभिड–१९ मा खटिन स्वास्थ्य मन्त्रालयले माग्यो स्वयंमसेवक स्वास्थ्यकर्मी


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य स्वयंमसेवक खटाउने भएको छ ।मन्त्रालयले कोभिड–१९ महामारीमा संक्रमितको उपचारमा संलग्न हुन इच्छुक चिकित्सक, नर्स, पारामेडिक्सलगायत स्वास्थ्यकर्मीहरुलाई तीन दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमार्फत आवेदन दिन भनेको हो ।

मन्त्रालयले अवकाशप्राप्त र अन्य स्वास्थ्यकर्मीलाई कोभिड–१९ महामारीमा खटिनका लागि स्वतःस्फूर्त आह्वान गरिएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए । उनले भने ‘अहिले खुला आह्वान गरिएको र संक्रमित हुनेको क्षेत्र र संख्या हेरेर स्वयंमसेवक परिचालन गरिनेछ ।’

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीहरु संक्रमित हुने दर बढीरहेको र आम संक्रमितहरुको संख्या बढीरहेको सन्दर्भमा स्वयंमसेवक परिचालन गर्ने निर्णयअनुसार सार्वजनिक आह्वान गरिएको बताए । ‘यति नै संख्यामा स्वयंमसेवक परिचालन गर्ने भन्दा पनि अहिले आवेदकहरुको रोस्टर तयार गरेर आवश्यकमात्रामा परिचालन गरिनेछ,’ उनले भने ।

मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयको वेवसाइटमा रहेको फारम भरि तीन दिनभित्र अनलाइन आवेदन पेस गर्न भनेको छ ।

स्वयंमसेवकहरुलाई कोभिड–१९ रोगको उपचारका लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टाइनमा खटाइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोस्ः

 


क्याटेगोरी : समाचार
ट्याग : #डा. गुणराज लोहनी, #डा. जागेश्वर गौतम, #स्वयंमसेवक स्वास्थ्यकर्मी, #स्वास्थ्य मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ