२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ मा खटिन स्वास्थ्य मन्त्रालयले माग्यो स्वयंमसेवक स्वास्थ्यकर्मी

कोभिड–१९ मा खटिन स्वास्थ्य मन्त्रालयले माग्यो स्वयंमसेवक स्वास्थ्यकर्मी


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य स्वयंमसेवक खटाउने भएको छ ।मन्त्रालयले कोभिड–१९ महामारीमा संक्रमितको उपचारमा संलग्न हुन इच्छुक चिकित्सक, नर्स, पारामेडिक्सलगायत स्वास्थ्यकर्मीहरुलाई तीन दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमार्फत आवेदन दिन भनेको हो ।

मन्त्रालयले अवकाशप्राप्त र अन्य स्वास्थ्यकर्मीलाई कोभिड–१९ महामारीमा खटिनका लागि स्वतःस्फूर्त आह्वान गरिएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए । उनले भने ‘अहिले खुला आह्वान गरिएको र संक्रमित हुनेको क्षेत्र र संख्या हेरेर स्वयंमसेवक परिचालन गरिनेछ ।’

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीहरु संक्रमित हुने दर बढीरहेको र आम संक्रमितहरुको संख्या बढीरहेको सन्दर्भमा स्वयंमसेवक परिचालन गर्ने निर्णयअनुसार सार्वजनिक आह्वान गरिएको बताए । ‘यति नै संख्यामा स्वयंमसेवक परिचालन गर्ने भन्दा पनि अहिले आवेदकहरुको रोस्टर तयार गरेर आवश्यकमात्रामा परिचालन गरिनेछ,’ उनले भने ।

मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयको वेवसाइटमा रहेको फारम भरि तीन दिनभित्र अनलाइन आवेदन पेस गर्न भनेको छ ।

स्वयंमसेवकहरुलाई कोभिड–१९ रोगको उपचारका लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टाइनमा खटाइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोस्ः

 


क्याटेगोरी : समाचार
ट्याग : #डा. गुणराज लोहनी, #डा. जागेश्वर गौतम, #स्वयंमसेवक स्वास्थ्यकर्मी, #स्वास्थ्य मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ