२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यसुत्ने बेला मेकअप सफा नगर्दा स्कीनलाई हानी पुर्‍याउँछ

सुत्ने बेला मेकअप सफा नगर्दा स्कीनलाई हानी पुर्‍याउँछ


महिलाको सुन्दरता उसको अनुहारमा लुकेको हुन्छ । अनुहारलाई सुन्दर देखाउनकै लागि महिलाहरु लामो समय मेकअपमा खर्चिने गर्छन् । तर, मेकअप गर्दा जति सावधानी अपनाउँछन्, हटाउँदा त्यति ध्यान दिएको पाइँदैन् ।

जबकी अनुहारमा चमक ल्याउन तथा सुन्दरता बढाउन मेकअप जति आवश्यक हुन्छ । त्यसलाई कायम राख्न सही तरिकाबाट हटाउन पनि त्यति नै जरुरी हुन्छ । किनकी, गलत तरिकाले मेकअप हटाउँदा त्यसले छालालाई मात्र असर गर्दैन् । बरु, कैयौं छालासम्बन्धि समस्या पनि निम्त्याउने गर्छ ।

प्रायजसो युवतीहरू आफूलाई सुन्दर देखाउनका लागि विभिन्न किसिमको महँगा मेकअप लगाउने गर्छन् । तर, कुनै युवतीहरूको बानी यस्तो पनि हुन्छन् कि सुत्ने बेला पनि आफ्नो मेकअप सफा गर्दैन् । जुन स्वास्थ्यका लागि हानिकारक छ ।

मेकअप सफा गरेर सुत्ने गरौं

कैयौं मानिस अफिसबाट घर फर्केलगत्तै मेकअप हटाउन अल्छी मान्छन् र त्यसै सुत्ने गर्छन् । जबकी यस्तो बानीले अनुहारमा मात्र नभई छालामा समेत असर पर्न सक्छ । र, छाला खराब हुनसक्छ ।

सामान्यतयाः अनुहारमा मेकअप लगाएर सुत्दा छालाका छिद्र त्यसका कारण राति बन्द रहने गर्छ । त्यसबाट छालाका छिद्रहरुमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन सक्दैन । त्यसका कारण छालामा स—साना प्वाँल पर्ने गर्छन् । त्यति मात्र होइन्, अनुहारको मेकअपलाई बेस्सरी रगडेर हटाउँदा अनुहारका छाला कडा हुने तथा खस्रो हुने भएकाले पनि विशेष ध्यान दिनु आवश्यक छ ।

आई मेकअप

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो । आँखाको सुरक्षालाई कायम गर्न पनि हेरचाह जरुरी छ । त्यसैले आँखाको मेकअप हटाउँदा कहिल्यै टिस्यु वा ट्वाइलेट पेपर प्रयोग नगरौं । बरु, आई मेकअप रिमुभरको प्रयोग गरौं ।

कटन बल (कपासको डल्लो)लाई आई मेकअप रिमुभरमा भिजाएर हल्का हातले आँखाको मेकअप उतार्ने प्रयास गरौं । यदि उक्त मेकअप वाटर प्रुफ छ वा आँखाको मस्करा वाटर प्रुफ छ भने त्यसलाई हटाउन ओलिभ तथा बेबी आयलको प्रयोग गर्न सकिन्छ । यसले बिना कुनै नोक्सानी आँखाको मेकअपलाई सुरक्षित तरिकाले हटाउन मद्दत गर्छ ।

अनुहारको मेकअप

अनुहारको मेकअप उतार्न उत्तिकै जरुरी छ । त्यसका लागि जहिले पनि अल्कोहलपछि क्लिंजर तथा नन सोपी मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ । कटन बललाई क्लिन्जर वा मेकअप रिमुभरमा भिजाएर विस्तारै पुछेर अनुहारमा लगाएको फाउन्डेसनका साथै अनुहारको मेकअप हटाउन सकिन्छ । त्यसबाट अनुहार राम्ररी सफा हुन्छ । साथै, अल्कोहलरहित क्लिन्जर र मेकअप रिमुभरले अनुहारलाई हानी पुर्‍याउँदैन् । र, अनुहारको प्राकृतिक चमक कायम राख्न मद्धत गर्छ ।

ओठको मेकअप

ओठको मेकअप हटाउने सबैभन्दा सरल उपाय भनेको पेट्रोलियम जेलीको प्रयोग हो । पेट्रोलियम जेलीलाई ओठमा लगाएर त्यसलाई टिस्यु पेपर वा नरम कपडाले विस्तारै सफा गरेमा पनि अनुहारमा हानी हुँदैन ।

यस्तै, कोल्ड क्रिमको प्रयोगद्वारा पनि ओठको लिपस्टिक राम्ररी हटाउन सकिन्छ । यसका लागि ओठमा कोल्ड क्रिमको प्रयोग गरेर करिब दुई मिनेट राख्ने र नरम कपडाको सहायताले त्यसलाई राम्ररी सफा गर्ने । यसरी ओठको मेकअप हटाइसकेपछि त्यसमा मोइस्चराइजर क्रिम लगाउन जरुरी छ ताकि ओठ सुख्खा नहोस् ।

लिपिस्टिक र मास्कारा

मास्कारा नहटाई सुत्दा यो आँखा भित्र छिर्न सक्छ । जसले आँखा चिलाउने हुन्छ । त्यस्तै, लिपिस्टिक लगाएर सुत्दा यसले ओठको प्राकृतिक ओस सोस्छ, जसले गर्दा ओठ फुट्नेजस्ता समस्या पनि उत्पन्न हुन्छ ।
जलन गराउँछ

झुक्किएर पनि सुत्ने बखत मेकअप लगाएर नसुत्नुहोस् । किनकी सुत्ने बेला मेकअप सफा नगरी सुत्नाले यो छालाको स—साना छिद्र भित्र छिर्छ । जसले छालामा जलन बढाउनका साथै डण्डिफोर तथा काला धब्बाहरू पनि आउने गर्छ ।

छालाले अक्सिजन पाउँदैन्

मेकअप सफा नगरी सुत्नाका कारण छालाले चिल्लो र धुलो जम्मा पार्नका साथै छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन । जसले गर्दा छाला चाउरी पर्नेजस्ता समस्या देखापर्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ