२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ मानसिक समस्याको प्रभाव यौनजीवनमा पर्न नदिन यी कुरामा ध्यान दिनुहोस

मानसिक समस्याको प्रभाव यौनजीवनमा पर्न नदिन यी कुरामा ध्यान दिनुहोस


डिप्रेशनसँग जुध्दै जीवनमा अघि बढ्न खोज्नु वास्तवमै चुनौतीपुर्ण रहेको छ । मानसिक तनाव तथा डिप्रेशनका कारण व्यक्तिमा देखिने विभिन्न समस्याले  यौनजीवनमा समेत समस्या ल्याउने गर्छ। हुन त यो व्यक्तिको नितान्त निजी र व्यक्तिगत पक्ष हो । यद्यपि यस समस्याले ग्रस्त बनाएको खण्डमा यसले उसको यौन पार्टनरमा समेत समान रुपमा प्रभाव पार्ने तागत राख्छ ।

मानसिक समस्याका शिकार भएका व्यक्तिहरुको खास समस्या भनेको उनीहरु आफ्नो यस समस्या हतपत अरुको अघि खोल्न डराउनु वा हिचकिचाउनु हो । उनीहरु यस्ता समस्याबारे आफ्नै पार्टनरलाई समेत भन्न रुचाउदैनन् र यस्ता समस्यालाई भित्र-भित्रै लुकाएर झन् झन् यस समस्याको शिकार हुँदै जान्छन् ।

त्यस्ता व्यक्तिले आफ्नो पार्टनरसँगको सम्बन्धलाई पनि छायाँमा पार्दै गइरहेका हुन्छन् । उसोभए यस्ता समस्याले आफ्ना यौन जीवनमा असर नगरोस् भन्नका लागि व्यक्तिले के–कस्ता पक्षमा ध्यान दिनुपर्छ त? यस्ता समस्याबाट छुटकारा पाउनका लागि व्यक्तिले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः

  •  आफुला देखिएको समस्याबारे आफ्ना पार्टनरलाई खुलेर बताउने,
  • चिकित्सकको परामर्श लिने,
  • आवश्यक थेरापी पनि गर्न र गराउन सकिन्छ,
  • केहि औषधि वा नशालु पदार्थको सेवन गर्ने बानीबाट टाढा रहने,
  • योगा र ध्यान गर्ने,
  •  शारीरिक एवम् मानसिक रुपमा एक्टिभ रहन कोशिस गर्ने,
  • मनपर्ने व्यक्ति र मनपर्ने स्थानमा समय व्यतीत गर्ने,

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य
ट्याग : #sex life after dipression, #मानसिक समस्या


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ