२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजरको भ्याक्सिनमाथि प्रश्न, नर्वेमा भ्याक्सिन लगाउने २३ जनाको मृत्यु

फाइजरको भ्याक्सिनमाथि प्रश्न, नर्वेमा भ्याक्सिन लगाउने २३ जनाको मृत्यु


विश्वभरका कयौं देशमा कोरोना भाइरसविरुद्ध उच्चस्तरमा खोप अभियान चलिरहेको छ।  केहि भयाक्सिनलाई अनुमति दिइएपछि मानिसहरुमा आशा जागेको छ। तर फाइजरको भ्याक्सिनमा भने अब दिनानुदिन प्रश्न चिन्ह खडा भैरहेको छ ।

फाइजरको भ्याक्सिन लगाएर एलर्जी आएको खबर सुनिएको छ भने कतै मानिसको मृत्यु समेत भएको पाइएको छ।  यस्तै, नर्वेमा अहिलेसम्म फाइजरको भ्याक्सिन लगाउने २३ जना मानिसको मृत्यु भैसकेको छ। जसमध्ये धेरै वृद्धावस्थाका थिए। नर्वेमा नयाँवर्षको ४ दिन अघि देखि खोप अभियान सुरु गरिएको थियो। भने अहिलेसम्म ३३ हजार भन्दा बढी मानिसमा खोप लगाइएको छ।

जुन मानिसहरुको मृत्यु भयो ती व्यक्तिहरुले पहिलो डोज लिएका थिए। त्यसपछि उनीहरुको स्वास्थ्य विग्रिएको थियो। नर्वे सरकारले जो मानिस बिरामी र वृद्ध छन् उनीहरुको लागि खोप जोखिमपूर्ण हुन् सक्ने बताएका छन्।

खबर अनुसार मृत्यु हुने २३ जना मध्ये १३ जना मानिसको खोपबाटै मृत्यु भएको पुष्टि भएको छ। भने अन्यको जाँचको क्रम जारी छ। नर्वेयिन मेडिसिन एजेन्सीका अनुसार १३ जनाको नतिजा सार्वजनिक भएको जसमा सामान्य साइडइफेक्टले बिरामी भएका वृद्ध अवस्थाका मानिसमा गम्भीर असर पारेको देखिन्छ ।

नर्वेयिन इंस्टीट्यूट अफ पब्लिक हेल्थले भन्यो, ‘जो धेरै वृद्ध छन् र उनीहरुको जिन्दगीको केहि समय मात्रै बाँकी छ जस्तो लाग्ने उमेर समुहका व्यक्तिमा भ्याक्सिनको लाभ मिल्ने सम्भावना सायद न्यून छ।’

यता, भ्याक्सिनको साइड इफेक्टको मात्रै २९ केस देखिसकेको छ।

मृत्यु हुनेमा ८०वर्षका भन्दा माथि

नर्वेमा मृत्यु हुने मानिसहरु सबै ८० वर्षभन्दा माथिका रहेका छन्। कोहि त ९० वर्षका समेत रहेका थिए। यी सबै वृद्धहरुको मृत्यु नर्सिङ्ग होममा भएको थियो।

नर्वेका मेडिसिन एजेन्सीका मेडिकल डायरेक्‍टर स्‍टेइनार म्याडसेनका अनुसार खोप मृत्यु हुने मध्ये केहि बिरामीमा सुरुवातमा ज्वरो र अस्वस्थताजस्तो साइडइफेक्ट देखिएको थियो। र पछि गम्भीर बिरामीमा परिणत भयो र मृत्यु हुन पुग्यो।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ