२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी र सदस्यहरूद्वारा पदभार ग्रहण

स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी र सदस्यहरूद्वारा पदभार ग्रहण


काठमाडौं—स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी एवं सदस्यहरु पदभार ग्रहण गरेका छन् । बुधबार परिषद्को कार्यलयमा नवनियुक्त अध्यक्ष प्रा.डा. गेहनाथ बराल, उपाध्यक्ष डा. गौरव ढकाललगायतले पदभार ग्रहण गरेका हुन् ।

यस्तै, परिषद्का नवनियुक्त सदस्यहरु डा. बन्दना खनाल, डा.अवधेश तिवारी, डा. सन्तोष शाक्य र डा. रामआधार यादवले समेत पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रममा बोल्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अहिले कोभिडको समयमा परिषद्को भूमिका झन महत्वपूर्ण भएको बताए । ‘स्वास्थ्य क्षेत्रमा चुनौती छ,’ उनले भने, ‘यस्तो बेलामा अनुसन्धान चाहिन्छ । सही तथ्यांक र अनुसन्धान परिषदबाट आउनुपर्छ ।’

कार्यक्रममा बोल्दैं परिषद्का मानार्थ अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेले परिषद् स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने एउटा संस्था भएको बताए । ‘धेरै ठुलो काम भइरहेका छन्,’ उनले भने ।

पदभार ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष डा. गौरव ढकालले परिषदलाई राम्रो बनाउन आफूले योग्यता र क्षमताले सक्ने जति कोशिश गर्ने बताए ।

परिषदका नवनियुक्त अध्यक्ष डा. बरालले परिषद् आफ्ना लागि नयाँ ठाउँ नभएको बताउँदैं अनुसन्धानका क्षेत्रमा आफू सधैं जोडिएको बताए । ‘हाम्रो क्षेत्र नै रिसर्च, ट्रेनिङ र जर्नल हो,’ उनले भने, ‘परिषदसँग विभिन्न तरिकाले जोडिदैं आएको छु । यो संस्था मेरा लागि नयाँ होइन् ।’

उनले संस्थालाई एकेडेमिक बनाउनुपर्ने र करिकुलम बनाएर पाठ्यक्रम बनाएर अगाडि बढाउनुपर्ने बताए । ‘परिषदलाई अब प्रदेशमा पनि विस्तार गर्नु पर्छ,’ उनले थपे, ‘हामीले अध्ययन गर्ने क्षेत्र धेरै छन् । हाम्रो भौगोलिक क्षेत्रअनुसार रोगेको प्रकार फरक—फरक तरिकाले अध्ययन गर्नु जरुरी छ ।’

परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले एनएचआरसी अब प्रदेश संरचनामा जाने बताए । उनले त्यसका लागि जनशक्तिको तयारीमा काम भइरहेको जानकारी दिए ।

सो क्रममा परिषद्का मानार्थ अध्यक्ष प्रा.डा. मृगेन्द्रराज पाण्डेलगायतका परिषद्का अन्य पदाधिकारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

गत बिहीबारको मन्त्रिषरिषद् बैठकले परिषद् अध्यक्षमा प्रा.डा. बराल, उपाध्यक्षमा डा. ढकाल र अन्य चार जना सदस्यहरु नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष प्रा.डा. गेहनाथ बराल, #पदभार, #स्वास्थ्य अनुसन्धान परिषद्


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ