२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा भारतीय समकक्षीलाई खोप आपूर्ति सुचारु गरिदिन आग्रह

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा भारतीय समकक्षीलाई खोप आपूर्ति सुचारु गरिदिन आग्रह


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय समकक्षी हर्ष वर्धनबीच खोप आपूर्तिका विषयमा टेलिफोन कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीमा मन्त्री त्रिपाठीले भारतीय समकक्षी समक्ष अवरुद्ध भएको खोप आपूर्ति सहज गरिदिन आग्रह गरेका थिए ।

भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले आफूले सेरम इन्टिच्युट अफ इण्डियासँग बुझेर खबर गर्ने बताएका थिए । सेरमले नेपाल सरकारले किनेको २० लाख डोज खोपमध्ये १० लाख डोजमात्रै आपूर्ति गरेको छ । बाँकी १० लाख डोज खोप दिन सेरमले ढिलाइ गरिरहेको छ ।

जसका कारण नेपालमा खोप अभियान समेत प्रभावित भएको छ । खोप समयमै नआएपछि सरकारले भ्याक्सिन आपूर्तिका लागि कुटनीति पहल अगाडि बढाएको छ ।

शुक्रबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन कुराकानी गरेका थिए । शुक्रबार दिउँसो भएको उक्त कुराकानीमा पनि दुई मन्त्री कोभिड—१९ भ्याक्सिनको आपूर्ति र कोभिड—१९ नियन्त्रणका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ