२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु

बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु


बुटवल—बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पताल धागो कारखानामा उपचार गराइरहेका पर्वतका युवाको बुधवार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

मृतक पुरुष भारतबाट फर्के लगत्तै बिरामी परेका थिए । गत चैत्र २९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनमा विगत १० दिनदेखि उच्च ज्वरो आएपनि ५ दिन अघि मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीमा हालसम्म १ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ