गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ वैशाख १८ गते, १९:०१ मा प्रकाशित बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकास्पद ६ सय ९० जना मध्ये ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो ६२ दशमलव ६० प्रतिशत हो । रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ । एकै दिनमा झन्डै साडे चार सयका दरले संकृय संक्रमित थपिदै जानु खतराको संकेत भएको चिकित्सक बताउँछन् । ‘अवस्था गंभीर हुदै गएको छ । सचेत हुनुपर्ने बेला छ, डा. सन्तोष भूषाल भन्छन्, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको संक्रमणको दर समेत तिव्र देखियो ।’ रुपन्देहीमा पनि बुटवल उपमहानगरपालिका भित्र धेरै संक्रमितहरु देखिएका छन् । बुटवलमा एकै दिन २ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । रुपन्देही जिल्लामा मात्र अहिले सम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । रुपन्देहीमा नयाँ भेरियन्टको संक्रमण दर बढ्दै गएको पाइएको छ । नयाँ बर्षको दिन ३८ जना संक्रमित देखिएको रुपन्देहीमा ५ गते ६६ जनामा संक्रमण देखा परेको थियो । त्यसको तीन दिनमा बैशाख ८ गते संक्रमितको संख्या तीन अंकले बृद्धि भएको थियो । बैशाख ८ गते १ सय १८ जनामा संक्रमण देखिएको थियो । जिल्ला भित्र हुने गरेका विवाह, सेमिनार, गोष्ठी आदिका कारण पनि रुपन्देहीमा बैशाख १० गते २ सय २६ मा संक्रमण देखियो । पुगेको थियो । जिल्लामा निषेधाज्ञा जारी भए पनि संक्रमितहरुको संख्या भने लगाततर बढ्दै गई रहेको छ । जिल्लामा हाल ६९ जना कोभिड १९ सँग जुधिरहेका छन् भने ३ हजार २ सय १३ जना होम आइसोलेसनमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति TFN ट्रेण्डिङ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति