गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ वैशाख १८ गते, १९:०१ मा प्रकाशित बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकास्पद ६ सय ९० जना मध्ये ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो ६२ दशमलव ६० प्रतिशत हो । रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ । एकै दिनमा झन्डै साडे चार सयका दरले संकृय संक्रमित थपिदै जानु खतराको संकेत भएको चिकित्सक बताउँछन् । ‘अवस्था गंभीर हुदै गएको छ । सचेत हुनुपर्ने बेला छ, डा. सन्तोष भूषाल भन्छन्, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको संक्रमणको दर समेत तिव्र देखियो ।’ रुपन्देहीमा पनि बुटवल उपमहानगरपालिका भित्र धेरै संक्रमितहरु देखिएका छन् । बुटवलमा एकै दिन २ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । रुपन्देही जिल्लामा मात्र अहिले सम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । रुपन्देहीमा नयाँ भेरियन्टको संक्रमण दर बढ्दै गएको पाइएको छ । नयाँ बर्षको दिन ३८ जना संक्रमित देखिएको रुपन्देहीमा ५ गते ६६ जनामा संक्रमण देखा परेको थियो । त्यसको तीन दिनमा बैशाख ८ गते संक्रमितको संख्या तीन अंकले बृद्धि भएको थियो । बैशाख ८ गते १ सय १८ जनामा संक्रमण देखिएको थियो । जिल्ला भित्र हुने गरेका विवाह, सेमिनार, गोष्ठी आदिका कारण पनि रुपन्देहीमा बैशाख १० गते २ सय २६ मा संक्रमण देखियो । पुगेको थियो । जिल्लामा निषेधाज्ञा जारी भए पनि संक्रमितहरुको संख्या भने लगाततर बढ्दै गई रहेको छ । जिल्लामा हाल ६९ जना कोभिड १९ सँग जुधिरहेका छन् भने ३ हजार २ सय १३ जना होम आइसोलेसनमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने