गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ वैशाख १८ गते, १९:०१ मा प्रकाशित बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकास्पद ६ सय ९० जना मध्ये ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो ६२ दशमलव ६० प्रतिशत हो । रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ । एकै दिनमा झन्डै साडे चार सयका दरले संकृय संक्रमित थपिदै जानु खतराको संकेत भएको चिकित्सक बताउँछन् । ‘अवस्था गंभीर हुदै गएको छ । सचेत हुनुपर्ने बेला छ, डा. सन्तोष भूषाल भन्छन्, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको संक्रमणको दर समेत तिव्र देखियो ।’ रुपन्देहीमा पनि बुटवल उपमहानगरपालिका भित्र धेरै संक्रमितहरु देखिएका छन् । बुटवलमा एकै दिन २ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । रुपन्देही जिल्लामा मात्र अहिले सम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । रुपन्देहीमा नयाँ भेरियन्टको संक्रमण दर बढ्दै गएको पाइएको छ । नयाँ बर्षको दिन ३८ जना संक्रमित देखिएको रुपन्देहीमा ५ गते ६६ जनामा संक्रमण देखा परेको थियो । त्यसको तीन दिनमा बैशाख ८ गते संक्रमितको संख्या तीन अंकले बृद्धि भएको थियो । बैशाख ८ गते १ सय १८ जनामा संक्रमण देखिएको थियो । जिल्ला भित्र हुने गरेका विवाह, सेमिनार, गोष्ठी आदिका कारण पनि रुपन्देहीमा बैशाख १० गते २ सय २६ मा संक्रमण देखियो । पुगेको थियो । जिल्लामा निषेधाज्ञा जारी भए पनि संक्रमितहरुको संख्या भने लगाततर बढ्दै गई रहेको छ । जिल्लामा हाल ६९ जना कोभिड १९ सँग जुधिरहेका छन् भने ३ हजार २ सय १३ जना होम आइसोलेसनमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल जाडोमा आगो ताप्दा वा विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन… जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी साइकलमा सरर, मनै हरर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी साइकलमा सरर, मनै हरर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल