गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन हेल्थ आवाज सोमबार, २०७८ असोज ११ गते, १०:५९ मा प्रकाशित विराटनगर—वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई आउँदै गरेको जाडोमा लगाउने न्यानो कपडा, स्वास्थ्य सामाग्री र खाजा वितरण गरे । डा. रोकाले विराटेश्वर वृद्धाश्रममा बन्दै गरेको भवन निर्माणका लागि पनि आर्थिक सहयोग गरेका छन् । उनले नगद २५ हजार रुपैयाँ आश्रममा सहयोग प्रदान गरे । जन्मदिन अवसरमा सामाजिक काम गर्न पाएको आफूलाई खुसीको अनुभूति भएको उनले बताए । आउँदा दिनमा पनि आश्रममा सामाजिक काममा सहयोग गर्दै अगाडि बढाउने उनले बताए । डा. रोकाले यसअघि पनि सामाजिक कार्य गर्दै आएका छन् । वृद्धाश्रममा डा. रोका श्रीमती र दुई छोरालाई लिएर पुगेका थिए । पछिल्लो समय जन्मदिन रमाइलो गरी मनाउने परम्परा चलिरहेको बेला डा. रोकाले वृद्धाश्रममा आएर पुन्यको काम गरेको विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र… विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका… कोशीको महत्वकांक्षी स्वास्थ्य नीति: आशाको घोषणापत्र कि चुनौतीको दस्तावेज ? न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र… कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ?