२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन

न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन


विराटनगर—वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् ।

उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई आउँदै गरेको जाडोमा लगाउने न्यानो कपडा, स्वास्थ्य सामाग्री र खाजा वितरण गरे । डा. रोकाले विराटेश्वर वृद्धाश्रममा बन्दै गरेको भवन निर्माणका लागि पनि आर्थिक सहयोग गरेका छन् । उनले नगद २५ हजार रुपैयाँ आश्रममा सहयोग प्रदान गरे ।

जन्मदिन अवसरमा सामाजिक काम गर्न पाएको आफूलाई खुसीको अनुभूति भएको उनले बताए । आउँदा दिनमा पनि आश्रममा सामाजिक काममा सहयोग गर्दै अगाडि बढाउने उनले बताए । डा. रोकाले यसअघि पनि सामाजिक कार्य गर्दै आएका छन् । वृद्धाश्रममा डा. रोका श्रीमती र दुई छोरालाई लिएर पुगेका थिए ।

पछिल्लो समय जन्मदिन रमाइलो गरी मनाउने परम्परा चलिरहेको बेला डा. रोकाले वृद्धाश्रममा आएर पुन्यको काम गरेको विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ