२०८३ कात्तिक २, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ भिडियाे ∕ गिजर र हिटर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान नै जान सक्छ

गिजर र हिटर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान नै जान सक्छ


काठमाडौँ – कार्बन मनोअक्साइड पोइजन भनेको एक प्रकारको दुषित ग्यास हो। यो ग्यास, दाउरा जस्ता जैविक उर्जा बाल्दा निस्किने गर्छ। यसले कार्वनडाइअक्साइड भन्दा पनि बढी स्वास्थ्यलाई हानिकारक गर्छ।

हामीले समाचारहरुमा हिटर बालेर सुत्दा एकै परिवारका सबै सदस्यको मृत्यु भएको, नुहाउँन बाथरुम गएका व्यक्ति मृत अवस्थामा फेला परेका जस्ता घटना सुन्ने र आफ्नै आँखाले पनि देख्ने गरेका छौँ। यसको कारण कार्बन मनोअक्साइड नै हो।

यसले हिटर, आगो बालेको र गिजरजस्ता मेसिन प्रयोग गर्दा बलेको ग्यास विस्तारै कोठामा फैलिन्छ। त्यसपछि सुरुवातमा टाउको दुख्ने, वाकवाकी लाग्ने, र विस्तारै शरीरमा असर गर्दै जाँदा बेहोस भएर ढल्नेसम्म पनि हुने गर्छ। लामोसमयसम्म दुषित ग्यास भएको कोठामा बसिरहँदा मानिसको मस्तिष्कमा गहिरो आघात गर्ने र मुटुमा पनि असर पार्न सक्छ। यसले मृत्यु समेत गराउन सक्छ।

गिजरमा नुहाउँदा र हिटर ताप्दा ध्यान दिनुपर्ने कुराहरु :-

  • सकेसम्म गिजर बालेर नुहाउनु हुँदैन,
  • भेन्टीलेशन राम्रो भएको बाथरुममा मात्र गिजर र हिटरको प्रयोग गर्ने,
  • दाउरा, गुइठा र कोइला बालेर नसुत्ने।

कार्बन मनोअक्साइड पोइजन भएमा तत्कालै कस्तो सावधानी अपनाउने ?

  • सर्वप्रथम बिरामीलाई त्यो कोठाबाट हटाएर खुल्ला ठाउँमा राख्ने
  • तुरुन्त अस्पताल लैजाने
  • अक्सिजनको व्यवस्था गर्ने




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ