गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ कपालको स्याहार कपालको स्याहार लक्ष्मी महत वरिष्ठ सौन्दर्यविद बुधबार, २०७८ फागुन ११ गते, १६:५० मा प्रकाशित जसरी छालाको स्याहार गर्नु जरुरी छ । त्यसरी नै हरेक मौसममा हाम्रो कपालको पनि स्याहार गर्नु उत्तिकै जरुरी हन्छ । हामीले थोरै वेवास्ता गर्नाले पनि कपाल झने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यहीमाथि नारीहरुको लागी त कपाललाई गहनाको रुपमा लिनुपर्ने देखिन्छ । यदि कपाल भएन भने जति सुकै महँगो लुगा, गहना लगउनुस् तर सौन्दर्यमा कमीको अनुभुती हुन्छ । त्यसैले, हामीले हरेक समयमा कपालको स्याहार गर्नु जरुरी छ । अहिलेको अवस्थामा हाम्रो दैनिकी र व्यस्त जिवन शौलीका कारण पनि कपालमा धेरै खालको समस्या देखिन्छ । यस्तो खालको समस्याको कसरी गर्ने त समाधान ? जानौं । सबैभन्दा पहिला त हामीले हप्ताको कम्तिमा पनि २पटक कपाल नुहाउनु जरुरी हुन्छ । कपाल नुहाउँदा स्याम्पुले कपालको जरामा पुग्ने गरि स्याम्पु लगाएर हल्का टाउको मसाज गरि नुहाउनु पर्दछ । टाउको फोहोर भएमा ३पटक सम्म स्याम्पु लगाउनु जरुरी हुन्छ होइन भने २ पटक लगाएर धुनुपर्दछ । त्यसपछि कन्डिसनरले कपालको जरामा नलगाउने खाली जराभन्दा १ इन्च मुनिबाट टुप्पासम्म लगएर २मिनेट राखेर पखाल्ने । सातामा १पटक डिपकन्डिसनिङ ट्रिटमेन्ट गराउनु पर्दछ ।यस्ले कपाललाई हाइड्रेटेड नरम बनाइराख्छ । नुहाउनु भन्दा १घण्टा अगाडी कपालमा लगाउने तेलले मसाज गरि नुहाउदाँ पनि कपाल झर्नबाट रोक्छ , सुख्खा हुन दिँदैन र चायाँबाट पनि छुटकारा मिल्छ । कडा खालको रसायन मिसिएको स्याम्पुले केस ड्यामेज गर्छ सो यस्तो प्रडक्टबाट टाढा रहनु उचित हुन्छ । कपाल सुख्खा भएर हाँगा अथवा दुई मुखे केसको समस्या हुने हरुले ५-६ साताको फरकमा केस ट्रिम गराउनुपर्छ । स्ट्रेटनर हट आइरन ड्रायरबाट पनि जोगिनुपर्छ । यस्ले कपाललाई ड्राई बनाउँद छ । अल्कोहलयुक्त प्रोडक्ट प्रयोग नगर्ने । घरबाहिर निस्किदा आफ्नो कपाललाई स्कालपको प्रयोगले छोपन सकिन्छ ।जस्ले गर्दा हावा धुलो, धुवाँ, घामबाट कपाल जोगिन्छ । घरेलु टिप्स सुख्खा कपालको लागि चाँयाको समस्याबाट जोगिन कागतिको रसमा नरिवालको तेल मिसाएर १०-१५ मिनेट सम्म मसाज गरि आधा १ घण्टामा नुहाउने । यसो गर्दा चाँयाको समस्याबाट छु्टकारा पाइन्छ । कागतीको रस र दहि मिसाएर मास्क तयार गर्ने । यस ऐन्टी ड्रेन्ड्रफ प्याकलाई केस र स्कालपमा लगाउने। ३० देखि ४५ मिनेट सम्म राखनुहोस् र मन तातो पानीले नुहाउने । दहिले स्कालप सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ । रुखो कपालको लागि हाम्रो घरमा रहेको मेथीको दानालाई भिजाउने र त्यसलाई पिसेर केहि थोपा तोरीको तेल मिसाएर ३० देखि ४५ मिनेट सम्म राखी मन तातो पानीले नुहाउने । यसले कपाल नरम चम्कीलो बनाउँछ । ऐलोबेरा जेलमा कागतीको रस केही थोपा मिसाउने । अझ यसमा नरिवालको तेल अथवा ओलिभ ओइल पनि हाल्ने र कपालको जरा देखि टुप्पो सम्म लगाएर मसाज गर्ने । त्यसपछि ३० देखि ४५ मिनेट राखेर नुहाउने । यसले कपाल नरम, चम्कीलो र बलियो बनाउँछ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया