गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ कपालको स्याहार कपालको स्याहार लक्ष्मी महत वरिष्ठ सौन्दर्यविद बुधबार, २०७८ फागुन ११ गते, १६:५० मा प्रकाशित जसरी छालाको स्याहार गर्नु जरुरी छ । त्यसरी नै हरेक मौसममा हाम्रो कपालको पनि स्याहार गर्नु उत्तिकै जरुरी हन्छ । हामीले थोरै वेवास्ता गर्नाले पनि कपाल झने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यहीमाथि नारीहरुको लागी त कपाललाई गहनाको रुपमा लिनुपर्ने देखिन्छ । यदि कपाल भएन भने जति सुकै महँगो लुगा, गहना लगउनुस् तर सौन्दर्यमा कमीको अनुभुती हुन्छ । त्यसैले, हामीले हरेक समयमा कपालको स्याहार गर्नु जरुरी छ । अहिलेको अवस्थामा हाम्रो दैनिकी र व्यस्त जिवन शौलीका कारण पनि कपालमा धेरै खालको समस्या देखिन्छ । यस्तो खालको समस्याको कसरी गर्ने त समाधान ? जानौं । सबैभन्दा पहिला त हामीले हप्ताको कम्तिमा पनि २पटक कपाल नुहाउनु जरुरी हुन्छ । कपाल नुहाउँदा स्याम्पुले कपालको जरामा पुग्ने गरि स्याम्पु लगाएर हल्का टाउको मसाज गरि नुहाउनु पर्दछ । टाउको फोहोर भएमा ३पटक सम्म स्याम्पु लगाउनु जरुरी हुन्छ होइन भने २ पटक लगाएर धुनुपर्दछ । त्यसपछि कन्डिसनरले कपालको जरामा नलगाउने खाली जराभन्दा १ इन्च मुनिबाट टुप्पासम्म लगएर २मिनेट राखेर पखाल्ने । सातामा १पटक डिपकन्डिसनिङ ट्रिटमेन्ट गराउनु पर्दछ ।यस्ले कपाललाई हाइड्रेटेड नरम बनाइराख्छ । नुहाउनु भन्दा १घण्टा अगाडी कपालमा लगाउने तेलले मसाज गरि नुहाउदाँ पनि कपाल झर्नबाट रोक्छ , सुख्खा हुन दिँदैन र चायाँबाट पनि छुटकारा मिल्छ । कडा खालको रसायन मिसिएको स्याम्पुले केस ड्यामेज गर्छ सो यस्तो प्रडक्टबाट टाढा रहनु उचित हुन्छ । कपाल सुख्खा भएर हाँगा अथवा दुई मुखे केसको समस्या हुने हरुले ५-६ साताको फरकमा केस ट्रिम गराउनुपर्छ । स्ट्रेटनर हट आइरन ड्रायरबाट पनि जोगिनुपर्छ । यस्ले कपाललाई ड्राई बनाउँद छ । अल्कोहलयुक्त प्रोडक्ट प्रयोग नगर्ने । घरबाहिर निस्किदा आफ्नो कपाललाई स्कालपको प्रयोगले छोपन सकिन्छ ।जस्ले गर्दा हावा धुलो, धुवाँ, घामबाट कपाल जोगिन्छ । घरेलु टिप्स सुख्खा कपालको लागि चाँयाको समस्याबाट जोगिन कागतिको रसमा नरिवालको तेल मिसाएर १०-१५ मिनेट सम्म मसाज गरि आधा १ घण्टामा नुहाउने । यसो गर्दा चाँयाको समस्याबाट छु्टकारा पाइन्छ । कागतीको रस र दहि मिसाएर मास्क तयार गर्ने । यस ऐन्टी ड्रेन्ड्रफ प्याकलाई केस र स्कालपमा लगाउने। ३० देखि ४५ मिनेट सम्म राखनुहोस् र मन तातो पानीले नुहाउने । दहिले स्कालप सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ । रुखो कपालको लागि हाम्रो घरमा रहेको मेथीको दानालाई भिजाउने र त्यसलाई पिसेर केहि थोपा तोरीको तेल मिसाएर ३० देखि ४५ मिनेट सम्म राखी मन तातो पानीले नुहाउने । यसले कपाल नरम चम्कीलो बनाउँछ । ऐलोबेरा जेलमा कागतीको रस केही थोपा मिसाउने । अझ यसमा नरिवालको तेल अथवा ओलिभ ओइल पनि हाल्ने र कपालको जरा देखि टुप्पो सम्म लगाएर मसाज गर्ने । त्यसपछि ३० देखि ४५ मिनेट राखेर नुहाउने । यसले कपाल नरम, चम्कीलो र बलियो बनाउँछ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा