२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo

कपालको स्याहार


जसरी छालाको स्याहार गर्नु जरुरी छ । त्यसरी नै हरेक मौसममा हाम्रो कपालको पनि स्याहार गर्नु उत्तिकै जरुरी हन्छ । हामीले थोरै वेवास्ता गर्नाले पनि कपाल झने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ ।

यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यहीमाथि नारीहरुको लागी त कपाललाई गहनाको रुपमा लिनुपर्ने देखिन्छ । यदि कपाल भएन भने जति सुकै महँगो लुगा, गहना लगउनुस् तर सौन्दर्यमा कमीको अनुभुती हुन्छ । त्यसैले, हामीले हरेक समयमा कपालको स्याहार गर्नु जरुरी छ । अहिलेको अवस्थामा हाम्रो दैनिकी र व्यस्त जिवन शौलीका कारण पनि कपालमा धेरै खालको समस्या देखिन्छ । यस्तो खालको समस्याको कसरी गर्ने त समाधान ? जानौं  ।

  • सबैभन्दा पहिला त हामीले हप्ताको कम्तिमा पनि २पटक कपाल नुहाउनु जरुरी हुन्छ ।
  • कपाल नुहाउँदा स्याम्पुले कपालको जरामा पुग्ने गरि स्याम्पु लगाएर हल्का टाउको मसाज गरि नुहाउनु पर्दछ ।
  • टाउको फोहोर भएमा ३पटक सम्म स्याम्पु लगाउनु जरुरी हुन्छ होइन भने २ पटक लगाएर धुनुपर्दछ ।
  • त्यसपछि कन्डिसनरले कपालको जरामा नलगाउने खाली जराभन्दा १ इन्च मुनिबाट टुप्पासम्म लगएर २मिनेट राखेर पखाल्ने ।
  • सातामा १पटक डिपकन्डिसनिङ ट्रिटमेन्ट गराउनु पर्दछ ।यस्ले कपाललाई हाइड्रेटेड  नरम बनाइराख्छ ।
  • नुहाउनु भन्दा १घण्टा अगाडी कपालमा लगाउने तेलले मसाज गरि नुहाउदाँ पनि कपाल झर्नबाट रोक्छ , सुख्खा हुन दिँदैन र  चायाँबाट पनि छुटकारा मिल्छ ।
  • कडा खालको रसायन मिसिएको स्याम्पुले केस ड्यामेज गर्छ सो यस्तो प्रडक्टबाट टाढा रहनु उचित हुन्छ ।
  • कपाल सुख्खा भएर हाँगा अथवा दुई मुखे केसको समस्या हुने हरुले ५-६ साताको फरकमा केस ट्रिम गराउनुपर्छ ।
  • स्ट्रेटनर हट आइरन ड्रायरबाट पनि जोगिनुपर्छ । यस्ले कपाललाई ड्राई बनाउँद छ ।
  • अल्कोहलयुक्त प्रोडक्ट प्रयोग नगर्ने ।
  • घरबाहिर निस्किदा आफ्नो कपाललाई स्कालपको प्रयोगले छोपन सकिन्छ ।जस्ले गर्दा हावा धुलो, धुवाँ, घामबाट कपाल जोगिन्छ ।

घरेलु टिप्स

सुख्खा कपालको लागि

  • चाँयाको समस्याबाट जोगिन कागतिको रसमा नरिवालको तेल मिसाएर १०-१५ मिनेट सम्म मसाज गरि आधा १ घण्टामा नुहाउने ।
  • यसो गर्दा चाँयाको समस्याबाट छु्टकारा पाइन्छ ।
  • कागतीको रस र दहि मिसाएर मास्क तयार गर्ने । यस ऐन्टी ड्रेन्ड्रफ प्याकलाई केस र स्कालपमा लगाउने।
  • ३० देखि ४५ मिनेट सम्म राखनुहोस् र मन तातो पानीले नुहाउने ।
  • दहिले स्कालप सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ ।

रुखो कपालको लागि

  • हाम्रो घरमा रहेको मेथीको दानालाई भिजाउने र त्यसलाई पिसेर केहि थोपा तोरीको तेल मिसाएर ३० देखि ४५ मिनेट सम्म राखी मन तातो पानीले नुहाउने ।
  • यसले कपाल नरम चम्कीलो बनाउँछ ।
  • ऐलोबेरा जेलमा कागतीको रस केही थोपा मिसाउने ।
  • अझ यसमा नरिवालको तेल अथवा ओलिभ ओइल पनि हाल्ने र कपालको जरा देखि टुप्पो सम्म लगाएर मसाज
    गर्ने ।
  • त्यसपछि ३० देखि ४५ मिनेट राखेर नुहाउने ।
  • यसले कपाल नरम, चम्कीलो र बलियो बनाउँछ ।

क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ