२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ चिकित्सकलाई फापेन सिद्धार्थनगरको चुनाव, पराजित भए डा. रामप्रसाद

चिकित्सकलाई फापेन सिद्धार्थनगरको चुनाव, पराजित भए डा. रामप्रसाद


बुटवल—बुटवलको सिद्धार्थनगरमा मेयर पदमा उम्मेदवारी दिएका डा. रामप्रसाद बस्याल पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले प्रमुख उपप्रमुख जितेको उक्त नगरपालिकामा एमालेबाट मेयर उम्मेदवारी पाएका डा. बस्याल पराजित भएका हुन् ।

डा. बस्याल एमबीबीएस चिकित्सक हुन् । सिद्धार्थनगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान ९ हजार १ सय ३४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत पाए ।

तेस्रो नम्बरमा रहेका डा. बस्यालले भने ७ हजार ३ सय ५ मत प्राप्त गरे ।

उपमेयरमा भने कांग्रेस—नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार उमा अधिकारी निर्वाचित भइन् । अधिकारीले ८ हजार ८ सय १३ मत पाएर विजयी भएकी हुन् । उनकी निकटम प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ र कांग्रेस—माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कमला थापाले ४ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ