२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा स्वास्थ्यमा ३ अर्ब ६७ करोड बजेट

प्रदेश १ मा स्वास्थ्यमा ३ अर्ब ६७ करोड बजेट

झापाको मेची अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु गरिने


विराटनगर—प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बुधबार सदनमा जानकारी गराएका हुन् ।

प्रदेश सरकार मातहतका ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर अस्पताल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको स्तरोन्नती गरी गुणस्तरीय स्वास्थ्य सेवा नागकिरहरुको सहज पहुँच वृद्धि गर्न २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश मातहतको अस्पतालहरूको स्तरोन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आङबोले जानकारी गराए ।

मोरङको उर्लावारी ३ मंगलबारेमा रहेको मदन भण्डारी ट्रमा सेन्टरको स्थरोन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरमा सिटी स्क्यानसहितको सेवा प्रराम्भ गरिने भएको छ ।

झापाको भद्रपुरमा रहेको मेची अस्पतालमा आगामी आर्थिक वर्षदेखि न्यूरो सर्जरी सेवा सुरु गरिने भएको छ । फिजियोथेरापी सेवा लगायतका अन्य सेवाहरुको विसतार गर्दै प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गरेर सेन्टर फर एक्सीलेन्सका रुपमा विकास गरिने भएको छ ।

हाल संचालनमा रहेको चिकित्सा सेवालाई सहज र सुलभ बनाउन टेलीमेडिसिन सेवासमेत संचालनमा ल्याउने भएको छ । रेफरल सेवालाई थप व्यवस्थित गरिने बजेट वक्तव्यमा उल्लेख छ । मेची अस्पताल सुदृढीकरणका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी आर्थिक वर्ष कलम गाउँपालिकमा ५० शैय्याको आयुर्वेदिक अस्पताल निर्माण गरिने भएको छ । एक वडा एक वर्थिङ सेन्टरको लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘स्वास्थ्य नागरिक, सक्षम प्रदेश’ भन्ने नाराका साथ प्रदेश सरकार मातहतका सबै अस्पतालहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा सुविधाका लागि थप स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न १४ करोड बजेट विनियोजन गरिएको छ ।

विराटनगरमा रहेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्र प्रदेश स्तरीय संक्रामक रोग तथा संघन उपचार केन्द्रको रुपमा संचालन गरिने भएको छ । भविष्यमा देखा पर्न सक्ने विभिन्न किसिमका संक्रामक रोगहरुको रोकथाम र उपचारको लागि कोभिड उपचार केन्द्रलाई प्रदेशस्तरीय संक्रामक रोग उपचार केन्द्रको रुपमा विकास गर्ने बजेटमा उल्लेख गरिएको हो ।

विराटनगरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवालाई विस्तार गरि रिफ्ररेन्स ल्याबका रुपमा विकास गरिने भएको छ । त्यसको लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, महिला, बालवालिका तथा किशोरीको पोषणको अवस्था सुधार गर्न वहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिदै सुत्केरी महिलाका लागि पोषण कार्यक्रममा ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ