गृहपृष्ठ ∕ समाचार ∕ लमजुङमा १०७ जनाको निःशुल्क शल्यक्रियामार्फत आँखा उपचार लमजुङमा १०७ जनाको निःशुल्क शल्यक्रियामार्फत आँखा उपचार हेल्थ आवाज शुक्रबार, २०७९ भदौ २४ गते, १०:१२ मा प्रकाशित पोखरा–जिल्ला अस्पताल लमजुङको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरमा जम्मा ७ सय २५ जनाको आँखा जाँच गरिएको थियो । शिविरबाट शल्यक्रियामार्फत आँखाको उपचार गर्नुपर्ने मोतीबिन्दु भएका १ सय १५ जना बिरामी पहिचान भएको लमजुङ जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । भदौ १६ देखि २१ सम्म सञ्चालित शिविरबाट ४३ वर्षदेखि ९९ वर्षसम्मका व्यक्तिमा मोतीबिन्दु भएको पाइएको अस्पतालका नेत्र सहायक दीप गुरुङले जानकारी दिए । उनका अनुसार ५ जनाको दुवै आँखामा मोतीबिन्दु भएको थियो, जसमध्ये ३ जनाको दुवै आँखाको शल्यक्रिया गरिएको छ । २ जनाको भने एकएक आँखाको मात्रै शल्यक्रिया गरिएको छ । अस्पतालका अनुसार बिहीबारसम्ममा पहिचान भएका १ सय १५ मध्ये १ सय ७ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । बाँकी बिरामी अस्पतालको सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । शिविर सुरु हुनुभन्दा २ हप्ताअघि सूचना जारी गर्दै अस्पतालले आँखा शिविर हुने जानकारी लमजुङवासीलाई गराएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान