२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलमजुङमा १०७ जनाको निःशुल्क शल्यक्रियामार्फत आँखा उपचार

लमजुङमा १०७ जनाको निःशुल्क शल्यक्रियामार्फत आँखा उपचार


पोखरा–जिल्ला अस्पताल लमजुङको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरमा जम्मा ७ सय २५ जनाको आँखा जाँच गरिएको थियो ।

शिविरबाट शल्यक्रियामार्फत आँखाको उपचार गर्नुपर्ने मोतीबिन्दु भएका १ सय १५ जना बिरामी पहिचान भएको लमजुङ जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

भदौ १६ देखि २१ सम्म सञ्चालित शिविरबाट ४३ वर्षदेखि ९९ वर्षसम्मका व्यक्तिमा मोतीबिन्दु भएको पाइएको अस्पतालका नेत्र सहायक दीप गुरुङले जानकारी दिए । उनका अनुसार ५ जनाको दुवै आँखामा मोतीबिन्दु भएको थियो, जसमध्ये ३ जनाको दुवै आँखाको शल्यक्रिया गरिएको छ । २ जनाको भने एकएक आँखाको मात्रै शल्यक्रिया गरिएको छ ।

अस्पतालका अनुसार बिहीबारसम्ममा पहिचान भएका १ सय १५ मध्ये १ सय ७ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । बाँकी बिरामी अस्पतालको सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । शिविर सुरु हुनुभन्दा २ हप्ताअघि सूचना जारी गर्दै अस्पतालले आँखा शिविर हुने जानकारी लमजुङवासीलाई गराएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ