२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ७४ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १६० जना संक्रमणमुक्त

७४ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १६० जना संक्रमणमुक्त


काठमाडौं–नेपालमा थप ७४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ६० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८५ हजार ७ सय २० पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिललो २४ घण्टामा कोभिड –१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म नेपालमा कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ