२०८३ असोज १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ताप्लेजुङमा पूर्व मन्त्री एवं एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई विजयी

ताप्लेजुङमा पूर्व मन्त्री एवं एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई विजयी


ताप्लेजुङ—पूर्व पर्यटनमन्त्री एवं नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई हराउँदैं प्रतिनिधी सभामा विजयी भएका हुन् ।

एमाले सचिवसमेत रहेका भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका हुन् । माओवादीका बुढाथोकीले भने २१ हजार ७ सय ३८ मत प्राप्त गरे ।

भट्टराई २०४ मतले विजयी भएका हुन् । प्रतिनिधीसभामा उनी ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित भएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ