२०८३ असोज १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ डोल्पाकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

डोल्पाकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार


जुम्ला—हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ । डोल्पो वुद्ध गाउँपालिका–५ तिन्जेकी २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकप्टरबाट उद्धार गरेर सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पु¥याइएको हो ।

प्रसव पीडामा छटपटाइरहेकी लामाको गाउँबाट जिल्ला अस्पताल पुग्न हिडेर चार–पाँच दिन लाग्छ । त्यही कारण सेनासँग समन्वय गरेर हेलिकप्टरमा दुनै झारिएको प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले जानकारी दिए ।

उपल्लो डोल्पामा सुरक्षित सुत्केरी गराउन असम्भव भएपछि उनको सुरक्षित सुत्केरीका लागि सदरमुकाम झारिएको हो । निर्वाचनमा खटिएका कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरले गर्भवती महिलाको उद्धार गरेको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ